धितोपत्र बोर्डमा २१ कर्मचारी थप्न अर्थमन्त्रालयको स्वीकृती, बरिष्ठ सहायकदेखि निर्देशक थपिने

बिजमाण्डू
२०७१ मंसिर १५ गते ००:०० | Dec 1, 2014
धितोपत्र बोर्डमा २१ कर्मचारी थप्न अर्थमन्त्रालयको स्वीकृती, बरिष्ठ सहायकदेखि निर्देशक थपिने
काठमाडौं। नेपाल धितोपत्र बोर्डले कर्मचारी थप्न अर्थमन्त्रालयबाट स्वीकृती पाएको छ।  ३६ जना कर्मचारी थप्ने प्रस्ताव लगेको बोर्डले अर्थमन्त्रालयबाट भने हाललाई २१ कर्मचारी थप्ने स्वीकृती पाएको हो। 
 
‘पहिलो चरणमा तोकिएका कर्मचारी राखेपछि अपुग भएमा थप संख्या बढाउन सक्ने संकेत अर्थमन्त्रालयले दिएको छ,’ बोर्डका प्रवत्ता निरज गिरीले भने। बोर्डले बरिष्ठ सहायक, अधिकृत, उपनिर्देशक र निर्देशक सबै तहमा कर्मचारी थप्ने भएको हो। 
यी सबै पदमा नयाँ र बोर्डभित्रकै कर्मचारीको बढुवा गरेर मिलाएर लगिने भएको छ।  बोर्डले बरिष्ठ सहायकमा तीन जना, अधिकृत तहमा करिब नौं जना, र बाँकी उपनिर्देशक र निर्देशकको पदमा कर्मचारी थप्ने भएको हो। 
 
हाल बोर्डमा छ वटा बिभाग रहेको छ भने जम्मा दुई जना निर्देशक मात्र तोकिएका छन। कतिपय बिभागीय प्रमूखको रुपमा उपनिर्देशकले नै जिम्मेवारी वहन गरिरहेका छन। बर्षाै अघिदेखि नेप्सेमा कर्मचारी अभाव भएको र यही कारण सांगठनिक संरचना बलियो नभएको भन्दै बोर्डले कर्मचारी थप्ने प्रस्ताव अर्थमन्त्रालयमा राख्दै आएको थियो। 
 
बोर्डको आम्दानीको स्रोत सेयर कारोबार रकममा काटिने ०.०१५ प्रतिशत शुल्क, निष्कासन सम्बन्धि विवरणहरुको प्रशोधन शुल्क, धितोपत्र कारोबार शुल्क लगायत रहेको छ ।  
 

Tata
GBIME
Nepal Life