हेटौंडामा जस्तै बिरुवा जोगाए काठमाडौंमा पनि देखिएला यस्तै सुन्दर दृष्य, सकिएला त जोगाउन?

बिजमाण्डू
२०७१ मंसिर १७ गते ००:०० | Dec 3, 2014
हेटौंडामा जस्तै बिरुवा जोगाए काठमाडौंमा पनि देखिएला यस्तै सुन्दर दृष्य, सकिएला त जोगाउन?


अंगद ढकाल/बिजमाण्डू।
हेटौडा । सार्कका लागि जसरी काठमाडौंमा बिरुवा रोपिए केही पहिले हेटौडामा पनि रोपिएका थिए। रोपिएका बिरुवालाई हेटौडावासीले जोगाए। ती बिरुवा हुर्केका छन् र सडकको सुन्दरता बढाइरहेका छन्। अहिले राजधानीका सडकसँगै रोपिएका बिरुवा हुर्काउने हो भने काठमाडौं पनि हेटौडाको सडकजस्तै सुन्दर देखिने पक्का छ।

Tata
GBIME
Nepal Life


सडकको सुन्दरतासँगै ब्याट्रीबाट चल्ने यो सवारीले हावाको शुद्धतालाई जोगाएको छ। हरियाली र धुँवा नफाल्ने सार्वजनिक यातायात त्यसपछि धुलो नहुने हो भने फोटोमा देखिएको जस्तै दृष्य काठमाडौंमा पनि देखिने थियो।

कुनै समय रिक्सा र टाँगा देखिने ठाउँमा ब्याट्रीवाला गाडी समयअनुसार सुहाउँदो पनि देखियो। यी गाडीमा पनि अनौठा नामहरु लेखिएका हुने रहेछन्। यसमा लेखिएको छ- मयुरी।


अनि सडकमाथि दिइएको यो जानकारी निकै आकर्षक देखियो। हामी अनि तपाईँको गन्तब्य कति टाढा छ सहजै जान्न सकिने। यस्तो व्यवस्था सबैतिर हुने हो भने यात्रा कति सहज र रमाइलो हुने थियो होला?