नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, प्लसटु उत्तिर्णले पनि भर्न पाउने, प्राविधिकमा वढी

बिजमाण्डू
२०७१ मंसिर १८ गते ००:०० | Dec 4, 2014
नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो, प्लसटु उत्तिर्णले पनि भर्न पाउने, प्राविधिकमा वढी
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणमा तीनदेखि पाँच तहसम्मका लागि जागिर खुलेको छ। खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नका लागि प्राधिकरणले सार्वजनिक सुचना जारि गरेर नै जागिरका लागि आवेदन माग गरेको छ।
 
प्राधिकरणले पाचौ तहमा प्रशासनतर्फ दुई जना माग गरेको छ। आर्थिक प्रशासनको लेखामा पनि दुई जना माग गरिएको छ। यसैगरी आर्थिक प्रशासनकै राजश्वतर्फ एक जना माग गरिएको छ। प्रशासनको पुस्तकालयका लागि पनि एक जना माग गरिएको छ। 
 
पाँचौं तहकै लागि प्राविधिकतर्फ ३३ जना माग गरिएको छ। पाँचौ तहका लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनु पर्छ। 
 
प्राधिकरणले चार तहका लागि प्रशासनतर्फ एक जना माग गरेको छ। प्राविधिक तर्फ भने ७० जना माग गरेको छ। तीन तहका लागि प्राविधिक तर्फ तीन जना माग गरेको छ। जागिरका लागि आगामी एक महिनाभित्र आवेदन बुझाइसक्नु पर्छ। 

Tata
GBIME
Nepal Life