एनएमबि बैंकले गर्यो अन्तरविद्यालय हेरिटेज पेन्टिङ प्रतियोगिता, ३० विद्यालयबाट भए सहभागि

बिजमाण्डू
२०७१ मंसिर २० गते ००:०० | Dec 6, 2014
एनएमबि बैंकले गर्यो अन्तरविद्यालय हेरिटेज पेन्टिङ प्रतियोगिता, ३० विद्यालयबाट भए सहभागि

काठमाडौं। एनएमबि सोसल इनिसिएटिभले बिराटनगरमा तेस्रो एनएमबि बैंक अन्तरविद्यालय हेरिटेज पेन्टिङ प्रतियोगिताको आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life


संस्थागत सामाजिक दायित्व अन्तर्गत सम्पदा संरक्षणतर्फ चेतना जगाउन बैंकले उक्त क्षेत्रीय प्रतियोगिता आयोजना गरेको हो।  प्रतियोगितामा पूर्वाञ्चलका झापा, मोरङ र सुनसरी समेतका गरी ३० भन्दा बढी विद्यालयले भाग लिएका थिए।

यी विद्यालयहरुको संयुक्त प्रयासले नेपालका कलात्मक सम्पदाहरुको संरक्षणका लागि चेतना फैलाउन उनिहरुलाई थप प्रोत्साहित गर्ने एनएमबि सोसल इनिसिएटिभको विश्वास छ।

यो प्रतियोगिता आगामी महिनामा अन्य क्षेत्रमा पनि आयोजना गरिने बैंकले जनाएको छ। प्रतियोगिताको अन्तिम परिणाम बैंकको हेरिटेज वाक २०१५ का अवसरमा घोषणा गरिने छ।