आइफोन ५ एक दिनमा २० लाख मोवाइलको अर्डर, तीन दिनपछि उपभोक्ताको हातमा

बिजमाण्डू
२०६९ असोज २ गते ००:०० | Sep 18, 2012
आइफोन ५ एक दिनमा २० लाख मोवाइलको अर्डर, तीन दिनपछि उपभोक्ताको हातमा

न्युयोर्क । एप्पलले गत साता सार्वजनिक गरेको आइफोन ५ पछिल्लो २४ घण्टामा २० लाखभन्दा बढी अर्डर गरेका छन् । माग अधिक भएका कारण आइफोन ५ को अधिकांश डेलिभरी अक्टुवरमा मात्रै हुनेछ । एप्पलका वरिष्ठ उपाध्यक्ष फिलिप सिलरले आइफोन ५ को प्रिअर्डर रेकर्डस्तरमा भएको बताए । सिलरका अनुसार यसअघि आइफोन फोर एस सार्वजनिक गर्दाभन्दा बढी अर्डर कम्पनीले यसपटक पाएको छ । सिलरले भने, आइफोन ५ को प्रतिक्रिया असाधरण रुपमा प्राप्त भएको छ ।
एप्पलले गत बुधवार आइफोन ५ सार्वजनिक गरेको थियो भने यसको बुकिंग शुक्रवार मात्रै सुरु भएको थियो । अमेरिका लगायत अन्य देशमा आइफोन ५ का सुरुवाती ग्राहकलाई २१ सेप्टेम्वरसम्म डेलिभरी हुने अपेक्षा गरिएको छ । अन्य ग्राहकलाई भने अक्टोबरसम्म आइफोन पाउने सम्भावना छ ।

Tata
GBIME
Nepal Life