संसदको विकास समितिले सरकारलाई भन्योः ‘सार्कका लागि बनाइका सबै बाटोको संरक्षण गर्नु’

बिजमाण्डू
२०७१ मंसिर २३ गते ००:०० | Dec 9, 2014

काठमाडौं। संसदको विकास समितिले सार्क सम्मेलनका बेला बनाइएका सडकको अवस्था यथास्थानमा राख्न र सुधार गर्नुपर्ने सडकको अवस्था सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको समिति बैठकले सडकको अवस्था तथा सुधार गरिएका विषय समेटेर हेरक चार/चार महिनामा प्रतिवेदन बठाउन पनि सरकारलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

यस्तै समितिले सडकको विचमा रोपिएका विरुवा, बगैँचा तथा रेलिङ र सडक बत्तीको संरक्षणमा ध्यान दिन पनि काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले बताए।

त्यस्तै समितिले काठमाडौं तथा काठमाडौं उपत्यका बाहिरका क्षेत्रीय सहरमा अन्तर्राष्ट्रिय सम्मेलनका लागि आवस्यक पर्ने सम्मेलन केन्द्र, भौतिक पूर्वाधार एवं आवश्यक अन्य संरचनाको निर्माण गर्न पनि शहरी विकास मन्त्रालयलाई भनेको सभापति अधिकारीले बताए।