एनसेलले बेच्ने आइफोनको बुकिङ खुल्यो, बुकिङ गर्न कम्तिमा ८ हजार, भाउ ६७ हजारदेखि सुरु

बिजमाण्डू
२०७१ मंसिर २६ गते ००:०० | Dec 12, 2014
एनसेलले बेच्ने आइफोनको बुकिङ खुल्यो, बुकिङ गर्न कम्तिमा ८ हजार, भाउ ६७ हजारदेखि सुरु

Tata
GBIME
Nepal Life

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले एप्पलसँग बन्डलिङ्क गरेर बेच्न लागेको आइफोनका विभिन्न मोडलको भाउ सार्वजनिक गरेको छ।

सबैभन्दा सस्तो आइफोन १६ जिबीको आइफोन फाइभ एस रहेको छ। यसको भाउ ६७ हजार २ सय छ। त्यसैगरी सबैभन्दा महँगो मोडल १२८ जिबीको आइफोन सिक्स प्लस हो। यसको भाउ १ लाख १८ हजार तोकिएको छ। 

१६ जिबीको आइफोन सिक्सको भाउ ८२ हजार रहेको छ भने ६४ जिबीको ९२ हजार ५ सय रहेको छ। त्यस्तै १२८ जिबीको आइफोन सिक्सलाई १ लाख ५ हजार पर्नेछ।

आइफोन सिक्स प्लसका तीन मोडलमध्ये १६ जिबीलाई ९२ हजार ५ सय, ६४ जिबीलाई १ लाख ५ हजार र १२८ जिबीलाई १ लाख १८ हजार पर्नेछ। 

त्यस्तै आइफोन फाइभ एसका दुई मोडलमध्ये १६ जिबीलाई ६७ हजार २ सय र ३२ जिबीलाई ७४ हजार पर्नेछ।

एनसेलले राजधानीमा रहेका आफ्ना सेन्टरहरुमा निश्चित रकम बुझाई बुक गर्न सकिने जनाएको छ। १० हजार तिरेर आइफोन सिक्स, १२ हजार तिरेर सिक्स प्लस र आठ हजार तिरेर फाइभ एस बुक गर्न सकिनेछ।