आर्थिक सशक्तिकरण कार्यक्रमबाट कोकाकोला सम्मानित, २०२० सम्म ५० लाख महिलालाई सहयाेग गर्ने

बिजमाण्डू
२०७१ मंसिर २८ गते ००:०० | Dec 14, 2014
आर्थिक सशक्तिकरण कार्यक्रमबाट कोकाकोला सम्मानित, २०२० सम्म ५० लाख महिलालाई सहयाेग गर्ने

काठमाडौं । कोकाकोलाले संचालन गरेको फाइभ वाइ ट्वेन्टी विश्वकै उत्कृष्ट आर्थिक सशक्तिकरण कार्यक्रम घोषित भएको छ । उत्कृष्ट आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको दुवईमा भएको वुमन इन लिडरसिप इकोनोमि फोरममा कोकाकोलालाई सम्मानित गरिएको छ ।

कोकाकोला अफ्रिका फाउण्डेसनकी अध्यक्ष सुजन एम्बोया र कोकाकोला मिडल इस्टकी सार्वजनिक मामिला तथा सञ्चार प्रमुख एन्टोइन तैयरले पुरस्कार ग्रहण गरेका थिए ।

Tata
GBIME
Nepal Life

फाइभ वाइ ट्वेन्टी कार्यक्रम कोकाकोलाले गरेको यस्तो प्रतिबद्धता हो जसमार्फत कम्पनीले सन् २०२० सम्ममा ५० लाख महिलालाई आर्थिक सशक्तिकरणमा सहयोग गर्ने प्रतिबद्धता छ । कम्पनीले महिलालाई व्यापार कौशल, वित्तीय सेवा तथा अन्त व्यापारिक अवसरका बारेमा परामर्श तथा तालिम दिनेछ ।

कोकाकोलाले यसका लागि विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँग मिलेर यो कार्यक्रम गर्दै आएको छ ।

पुरस्कार ग्रहण गर्दै कोकाकोला अफ्रिका फाउण्डेसनकी अध्यक्ष सुजन एम्बोयाले २०१३ सम्ममा विभिन्न ४४ देशका पाँचलाख ५० हजार महिलालाई सशक्तिकरण गरेको भन्दै आउँदा दिनमा संसारका सबै कुनामा पुग्ने बताइन् ।

कम्पनीले नेपालमा पनि परम्परागत खुद्रा व्यापारीलाई नेपालको बदलिँदो आर्थिक अवस्थामा चाहिने कौशल, उपकरण तथा प्रविधिहरु प्रदान गर्नका लागि २०१३ देखि महिलालाई निशुल्क शपकिपर ट्रेनिङ तथा रिसोर्स कार्यक्रम संचालन गर्दै आएको छ ।

कोकाकोलाले २०१३ देखि बुटवल, भैरहवा, काठमाडौं, भरतपुर, हेटौँडा, पोखरा, नेपालगन्ज र कोहलपुरमा गरी दुईहजार ४८ जना महिलालाई तालिम दिइसकेको छ ।