सामसुङले ल्यायो विन्टर अफर, ग्यालेक्सी ग्राण्ड टू २४ सय सस्तो, १५ दिने छूट योजना

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014
सामसुङले ल्यायो विन्टर अफर, ग्यालेक्सी ग्राण्ड टू २४ सय सस्तो, १५ दिने छूट योजना


काठमाडौं। सामसुङले विन्टर अफर छुट योजना ल्याएको छ। सामसुङ मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रिटी मोविलिटी सोलुसन (आइएमएस)ले आफ्ना ग्राहकलाई छुटको योजना ल्याएको हो। सामसुङले ल्याएको यो योजना यही डिसेम्बर १५ देखि ३१ सम्म रहनेछ।

Tata
GBIME
Nepal Life

कम्पनीले विन्टर अफर क्यासब्याक अफर ल्याएको छ। आइएमएसका अनुसार यो अवसरमा सामसुङ ग्यालेक्सी अल्फा किन्ने ग्राहकले १० हजार रुपैयाँ छूट पाउने भएका छन्। एन्ड्रोइड किटक्याट र एक्जिनस ५ अक्टा प्रोसेसर भएको यो मोवाइलमा दुई जिबी र्‍याम, ३२ जिबी इन्टरनल मेमोरी, १२ मेगापिक्सेल रेयर क्यामेरा र २.१ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ।

यस्तै ग्राहकले ग्यालेक्सी ग्राण्ड टुको खरीदमा पनि दुईहजार चारसय रुपैयाँ छूट पाउने छन्। यो मोवाइल सामसुङको बहुचर्चित फोन हो। आठ जिबी इन्टरनल मेमोरी रहेको यो फोनमा १.५ जिबी र्‍याम रहेको छ। यो मोवाइलमा आठ मेगा पिक्सेल रेयर र १.९ मेगापिक्सेल रेयर क्यामेरा रहेको छ।