अब ११ घण्टा अन्धकार, बुधवारदेिख लाेडसेडिङको नयाँ तालिका, ४५ मेगावाट विद्युत खेर गयो

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014
अब ११ घण्टा अन्धकार, बुधवारदेिख लाेडसेडिङको नयाँ तालिका, ४५ मेगावाट विद्युत खेर गयो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने नयाँ विद्युत कटौति तालिका सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

नयाँ तालिका अनुसार पुसको जाडोमा हप्ताको दुई दिन ११ घण्टा अन्धकारमा बिताउनु पर्नेछ। थप दुई दिन साढे १० घण्टा बत्ती हुने छैन भने बाँकी तीन दिन साढे नौ घण्टा।

प्राधिकरणले प्रणालीमा लोड अत्यधिक वृद्धि तथा पहिरोबाट क्षति भएको विद्युत गृहसमेत हालसम्म सञ्चालन हुन नसकेको हुँदा लोडसेडिङ बढाउनु परेको सूचनामा जनाएको छ।

सिन्धुपाल्चोकको माङ्खामा गएको पहिरोले क्षति पुर्‍याएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना नेपाली कांग्रेस र एमाले–माओवादीको दुई थरी मागका कारण सञ्चालन हुन नसक्दा त्यहाँबाट उत्पादन हुने ४५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन पाएको छैन।

यस्तो छ नयाँ तालिका