यामाहाले ल्यायो एफजेडएस एफआई र एफजेड एफआईको दोस्रो भर्सन, मूल्य दुई लाख ४७ हजार रुपैयाँसम्म

बिजमाण्डू
२०७१ मंसिर २९ गते ००:०० | Dec 15, 2014
यामाहाले ल्यायो एफजेडएस एफआई र एफजेड एफआईको दोस्रो भर्सन, मूल्य दुई लाख ४७ हजार रुपैयाँसम्म

काठमाडौं। यामाहा मोटरसाइकलका दुई नयाँ उत्पादन नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमए डब्लुले यामाहाको एफजेडएस एफआई भर्सन २ र एफजेड एफआई भर्सन २ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको ।

Tata
GBIME
Nepal Life

यामाहा मोटर भारतका विक्री तथा बजार निर्देशक जुन नाकता र अभिनेत्री नम्रता श्रेष्ठले संयुक्त रुपमा मोटरसाइकल सार्वजनिक गरे। कम्पनीले सार्वजनिक गरेको दुवै मोटरसाइकल एकसय ४९ सिसीका हुन्।

कम्पनीका अनुसार एफजेडएस एफआईको मूल्य दुईलाख ४७ हजार नौसय तथा एफजेड एफआईको मूल्य दुईलाख ३७ हजार नौसय तोकिएको छ। dमोटरसाइकलमा ब्लु कोर फ्यूल इन्जेक्टेड इन्जिन रहेको छ। यो प्रविधि यामाहाको नेक्स्ट जेनेरेशन इन्जिन टेक्नोलोजीमा आधारित रहेको एमएडब्लुले जनाएको छ।

यो मोटरसाइकल पिकअप र आरामदायी यात्राका लागि उपयुक्त रहेको यामाहा मोटर भारतका विक्री तथा बजार निर्देशक जुन नाकताले बताए। उनले कम खपत गरी आरामदायी यात्राका लागि यो मोटरसाइकल उपयुक्त हुने पनि बताए।

कम्पनीले नयाँ मोटरसाइकल सार्वजनिक गरेको अवसरमा टेष्ट राइडको सुविधा पनि उपलब्ध गराएको छ। टेष्ट राइड गर्ने मध्येबाट लक्की ड्रमार्फत बम्पर उपहार अन्तर्गत दुई जनालाई आइफोन सिक्स उपलब्ध गराउने कम्पनीले जनाएको छ।

एफजेडएस एफआई भर्सन दुई मोटरसाइकल विभिन्न चार रंगमा तथा एफजेड एफआई दुई रंगमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले यो मोटरसाइकलमा दुई वर्ष वा ३० हजार किलोमिटर मध्ये जुन पहिलो हुन्छ त्यतिन्जेल वारेन्टी र आठ वटा फ्रि सर्भिसिङ उपलब्ध गराएको छ।