टाटाको ह्याचव्याक कार इ–जेटा नेपाली बजारमा, उत्कृष्ट माइलेज, १८ लाखभन्दा कम मूल्य

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
टाटाको ह्याचव्याक कार इ–जेटा नेपाली बजारमा, उत्कृष्ट माइलेज, १८ लाखभन्दा कम मूल्य

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ह्याचव्याक कार इ–जेटा नेपालको बजारमा विक्री सुरु गरेको छ । १.२ एमपिएफआई इन्जिन भएको नयाँ कारले बढी माइलेज दिने कम्पनीले सोमवार जारी प्रेस विज्ञप्तिमा छ ।
 
इ–जेटामा चाँवीविनाको प्रवेश, सिडि, एमपि थ्रि, युएसबी र व्लुटुथ कनेक्टिभिटीमा म्युजिक सिस्टम लगायतका सुविधा छन् । त्यसैगरी कारमा नयाँ हिटिङ, भेन्टिलेसन र एअर कन्डिशन सिस्टम भएको पनि कम्पनीले जानकारी दिएको छ । 


इ–जेटा सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङ्गका सिओओ राजनवावु श्रेष्ठ, प्यासेन्जर भेहिकल युनिटमा सेल्स एण्ड मार्केटिङ प्रमुख प्रविन खतिवडा, सेल्स म्यानेजर अर्जुन कार्की, सिप्रदीका उपाध्यक्ष राजेशप्रसाद गिरी

Tata
GBIME
Nepal Life

इ–जेटामा पावर स्टेयरिङ, त्यसैगरी चारवटै झ्यालमा पावर विन्डो लगाइएको छ । 


गाडिमा अघि र पछि दुवैतर्फ फग ल्याम्प लगाइएको छ भने टु टोन एलोय पाङ्ग्रा लगाइएको पनि कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 

टाटा मोटर्सका कन्ट्रि म्यानेजर हेमन्त पुर्णानिकले टाटाका लागि नेपाल परम्पारगत रुपमा नै महत्वपूर्ण बजार भएको बताए । नयाँ सुविधासम्पन्न इ–जेटाले हाम्रा ग्राहकलाई अझ अनुग्रहित बनाउनेछ, उनले भने । 

हाम्रा प्यासेन्जर कारले उपभोक्ताले अझ बढी उत्कृष्ट मूल्य प्रदान गर्नेछन्, पूर्णानिकले भने । कम्पनीले इ–जेटाको मूल्य १७ लाख ९० हजार रुपैयाँ राखेको छ । त्यसैगरी कम्पनीले दुई वर्ष वा ७५ हजार किलोमिटरमध्ये जुन अघि हुन्छ त्यसमा वारेन्टि प्रदान पनि गर्नेछ ।