सुनको भाउ एकसय रुपैयाँ घट्यो, ५२ हजार एकसयमा किनबेच, चाँदी पनि १५ रुपैयाँ सस्तो

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
सुनको भाउ एकसय रुपैयाँ घट्यो, ५२ हजार एकसयमा किनबेच, चाँदी पनि १५ रुपैयाँ सस्तो

काठमाडौं। मंगलबार सुनको भाउ एकसय रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ५२ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५२ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको छ।

Tata
GBIME
Nepal Life

हप्ताको पहिलो दिन आइतबार ५२ हजार तीसय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार र मंगलबार दुवै दिन तोलामा एक/एक सय रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउमा उचारचढाव आएकाले नेपालमा पनि त्यसको असर परेको व्यवसायीहरुले बताएका छन्।

मंगलबार चाँदीको भाउ पनि १५ रुपैयाँ घटेको छ। सोमबार तोलामा सातसय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार सातसय १० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

सुनको गएको बुधबार एकै दिन तोलामा १२ सय रुपैयाँ बढेको थियो। त्यसयता केही दिन भाउ स्थिर रहेपनि यो हप्ताको सुरुदेखि नै भाउ ओरालो लागेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यdfमा भएको तीव्र गिरावट आएसँग सुनको भाउमा पनि उतारचढाव देखिएको छ। विगतमा तेलको भाउ घट्दा सुनको भाउ बढ्ने गरेको भए पनि यसपाली भने सुन बजार उतारचढावपूर्ण रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।