ठूला कम्पनीको सेयरमा देखियो चाप, मध्यम खाले कम्पनीमा किन कम आकर्षित भए लगानीकर्ता?

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
ठूला कम्पनीको सेयरमा देखियो चाप, मध्यम खाले कम्पनीमा किन कम आकर्षित भए लगानीकर्ता?

काठमाडौं। बढ्दो गतिमा रहेको पूँजी बजारमा ठूला कम्पनीका लगानीकर्ताले बाजी मारेका छन्। नाफा सुनिश्चित जस्तै भएको र बजारमा सँधै किनबेच हुने कम्पनीको सेयरमा लगानीकर्ता बढी आकर्षित भएका छन्।

Tata
GBIME
Nepal Life

गत साताबाट उकालो लाग्न थालेको बजारमा एभरेष्ट बैंक, नेपाल बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमइ जस्ता कम्पनीको सेयरमा खरिदकर्ताको चाप देखिएको छ। यी कम्पनीको सेयर बजारमा सजिलै किनबेच हुन्छ र नाफा पनि राम्रै कमाएका छन्। यही कारणगर्न सकिने सेयरको माग बढेको स्टक ब्रोकरहरु बताउँछन्। सस्तो मुल्य र भविष्य राम्रो देखिएकोले नेपाल बैंकको सेयरमा पनि लगानीकर्ता आकर्षित भएका हुन्।

'अर्को वर्षपनि राम्रो प्रतिफल दिन सक्ने केही कम्पनीको सेयरमा खरिदको चाप छ, एक ब्रोकरले भने, गत साता देखिको कारोबारलाई हेर्दा पनि केही ठूला र लाभांस दिनसक्ने कम्पनीको सेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ।' सस्तो मुल्यका बाणिज्य बैंकको सेयरमा पनि बेच्ने भन्दा किन्नेको चाप बढी छ।

राष्ट्रिय वाणिज्य बैंकले बेच्न लागेको नेपाल इन्भेष्टमेन्ट बैंकको सस्थापक सेयरमा पनि लगानीकर्ता आकर्षित देखिए। केही ठूला सस्थागत लगानीकर्ताले यो बैंकको सेयर खरिद गर्न लागेका छन्। मुल्य सस्तो भएको कारण इन्योरेन्स कम्पनीहरु र नागरिक लगानी कोषलगायत यो बैंकको सेयर किन्न लागेका हुन्।

चिलिमे हाइड्रोपावर, माछापुच्छ्रे बैंक, सेन्चुरी बैंकलगायतको सेयरमा पनि खरिदकर्ताको चाप रहेको छ।

मध्यम खालका कम्पनीमा भने लगानीकर्ता आकर्षित भएनन्। बीमा कम्पनीहरुले लाभांस घोषणा गर्न बाँकी रहेकोले यो समूह माथि जान नसकेको लगानीकर्ताहरुको अनुमान छ। त्यस्तै केही बाणिज्य बैंकको नाफा सीमित भएको र पूँजी पनि पर्याप्त भएको कारण सेयर मुल्य नबढेको अनुमान छ।