जियोनीले ल्यायो दुई नयाँ मोवाइल, ३० हजार र २० हजार मूल्यका सेट आए, बुधबारबाट बजारमा

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
जियोनीले ल्यायो दुई नयाँ मोवाइल, ३० हजार र २० हजार मूल्यका सेट आए, बुधबारबाट बजारमा

काठमाडौं। जियोनीले नेपाली बजारमा दुई नयाँ मोवाइल सेट भित्र्याएको छ। जियोनीले इलाइफ एस ५.१ र एमथ्री म्याराथोन मोवाइल नेपाली बजारमा भित्र्याएको हो। hlजियोनी इलाइस एस ५.१ को मूल्य २९ हजार नौसय ९५ तथा म्याराथोनको मूल्य १९ हजार नौसय ८५ तोकिएको छ।

Tata
GBIME
Nepal Life

जियोनीले इलाइफ एस ५.१ मोवाइल ४.८ इन्चको एमोलेड डिस्प्ले भएको मोवाइल हो। यो मोवाइलमा उपभोक्ताले चम्किलो रंगको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै यो मोवाइलमा भएको १.८ एमएम बेजलले ठुलो डिस्प्लेमा हेर्ने सुविधा पनि दिएको कम्पनीको भनाइ छ।

यो मोवाइलमा आठ मेगापिक्सेलको रेयर क्यामेरा र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, एक जिबी र्‍याम र १६ जिबी इन्टरनल मेमोरी रहेको छ। कम्पनीले मोवाइलमा नै फोटो प्रोसेसर पनि राखेको छ। यो मोवाइल बुधबारदेखि नेपालभर उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस्तै जिओनी एम सिरिज अन्तर्गतको एमथ्री मोवाइलमा लामो सयमसम्म टिकाउ हुने ब्याट्रीको प्रयोग गरिएको छ। यो मोवाइलमा पाँचहजार एमएएच ब्याट्री प्रयोग गरिएको छ। यो मोवाइलले ३३.७ घण्टासम्म टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ टाइम दिने ब्याट्री राखिएको कम्पनीले जनाएको छ।

यो मोवाइलमा १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एचडी डिस्प्ले, डिटिएस साउण्ड, आठ मेगापिक्सेलको रेयर क्यामेरा र दुई मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ। यो मोवाइल यही डिसेम्बर भरीमा नेपाल भर उपलब्ध हुने कम्पनीको भनाइ छ।