कोइलीले विहीबारबाट औपचारिक उडान थाल्ने, पहिलो उडान काठमाडौं–पोखरा, भाडा तीनहजार रुपैयाँ

बिजमाण्डू
२०७१ पुष १ गते ००:०० | Dec 16, 2014
कोइलीले विहीबारबाट औपचारिक उडान थाल्ने, पहिलो उडान काठमाडौं–पोखरा, भाडा तीनहजार रुपैयाँ

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको नयाँ विमानले विहीबारबाट नियमित उडान गर्ने भएको छ । चीन सरकारले नेपाल वायु सेवा निगमलाई अनुदानमा दिएको कोइली वाई १२ ई जहाजले विहीबारबाट नियमित उडान गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

१८ सिट क्षमताको यो जहाजले सुरुमा पोखरा काठमाडौं उडान गर्ने निगमले जनाएको छ । सुरुमा दैनिक दुई वटा उडान गर्ने यो जहाज काठमाडौंबाट विहान ८ बजे र दिउँसो २ बजे पोखराका लागि उड्ने छ भने पोखराबाट विहान ९ः१० मा तथा दिउँसो ३ः१० मा उडान गर्ने निगमले जनाएको छ ।

निगमले अहिलेका लागि प्रवद्र्धनात्मक भाडादर भन्दै करसहित तीनहजार १० रुपैयाँ तोकेको छ ।

निगमले गएको कात्तिक १७ गते काठमाडौं ल्याएको यो जहाजको मंसिर १८ गते प्रमाणित उडान गरेको थियो । यसअघि यो जहाजले मंसिर २ गते काठमाडौंबाट भरतपुर हुँदै सिमरासम्मको परीक्षण उडान गरेका थियो ।

नेपाल र चीनबीच भएको जहाज खरिद–विक्री सम्झौता अनुसार एमए–६० दुई र वाई १२–ई चारवटा उपलब्ध हुने छन् । ती मध्ये एउटा एमए–६० एउटा वाई–१२ ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलित ऋणमा चीनले दिनेछ ।