सेयर बजार फेरि ९००कै तहमा फर्कियो, कारोबार रकम उल्लेख्य घट्यो, चार कम्पनीको करोडमाथि कारोबार

बिजमाण्डू
२०७१ पुष २ गते ००:०० | Dec 17, 2014
सेयर बजार फेरि ९००कै तहमा फर्कियो, कारोबार रकम उल्लेख्य घट्यो, चार कम्पनीको करोडमाथि कारोबार
काठमाडौं । सेयर बजार फेरि ९०० अंककै तहमा ओर्लिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.८ अंकले घटेर ९००.४ अंकमा आइपुगेको हो । राजनीतिक अन्यौलका कारण बजार घटेको हो । 
 
बजार घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । बजार बढ्दा ३६ करोडभन्दा वढीको कारोबार भएकोमा बुधकार घटेर १५ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।
 
दिनभर १२९ वटा कम्पनीका सेयर किनबेच भएका छन् । कुल तीन लाख सात हजार ६१७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
 
डेभलपमेन्ट बैंकबाहेक सबै सुचक ओरालो लागेका छन् । सबैभन्दा वढी जलविद्युत, होटल, बिमा र बैंकिङ समूह घटेका छन् । क वर्गका कम्पनीहरु सुचिकृत सुचक पनि करिव १० अंकले घटेको छ ।
 
करिव १६ करोडको कारोबारमध्ये चार कम्पनीको एक करोडमाथिको किनबेच भएको छ । एभरेष्ट बैंकको एक करोड ६५ लाख रुपैयाँ, नेपाल लाइफको एक करोड २८ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको एकरोड १३ लाख रुपैयाँ र चिलिमेको एक करोड चार लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
एनसिसी बैंक, स्वाभलम्बन विकास बैंक, नेपाल बैंक र नेशनल लाइफ इन्स्योरेन्सको कारोबार पनि ५० लाखमाथिको भएको छ । बजार घट्दा पनि कास्की फाइनान्स, विजिनेस युनिभर्सल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।
 
बढी गुमाउनेमा प्रिमियर फाइनान्स, प्रोफेसनल दियालो विकास बैंक, प्रिमियर इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र सुप्रिम डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् । 

Tata
GBIME
Nepal Life