इटिओस परिवारको परिस्कृत भर्सन आयो, नयाँ एलसिडी डिस्प्ले र डिजिटल घडिसँगै कम्बाइमिटर

बिजमाण्डू
२०७१ पुष २ गते ००:०० | Dec 17, 2014
काठमाडौं । टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले इटिओस परिवारको परिस्कृत भर्सनको गाडी भित्र्याएको छ। टोयोटा इटिओस परिवारले कम्प्याक्ट फ्यामीलि ह्याचब्याक, आरामदायी सेडानदेखि एड्भेन्चर ह्याचब्याक श्रेणीका कार ल्याएको छ ।

टोयोटाका यी गाडीहरुले गुणस्तर, दिगोपना, विश्वसनीयतासहित विश्वभरका मानिसहरुको मन जित्न सफल भएको कम्पनीले दाबी गरेको छ।

Tata
GBIME
Nepal Life

टोयोटा इटिओस परिवारले स्टाइल, आरामदायी, प्रदर्शन (परफरमेन्श) र सुरक्षाको सम्पूर्ण प्याकेज प्रदान गर्दछ। प्राक्टिकल, दक्ष र आकर्षक मूल्यसहित आउने टोयोटाले यो सम्भव बनाएको हो। कर्पोरेट क्षेत्रका व्यवस्थापकहरु, विभागीय प्रमुखहरु, युवा उद्यमीहरु, डाक्टरहरु, इन्जिनियरहरु र व्यावसायीक कार्यकारीहरुका लागी यो कार पूर्णरुपमा उपयुक्त छ।

परिस्कृत भर्सनमा के के छन् ?
 
बाहिरी डिजाइन

  • नयाँ फ्रन्ट ग्रीले (क्रोम) रहेको  ।
  • इटिओस परिवारमा टर्न सिग्नल अन ओआरभिएम रहेको ।
  • इटिाओस परिवारमा इलेक्ट्रोनिक्स एडजस्टेबल ओआरभिएम रहेको ।
  • इटिओस सेडान र इटिओस लिभामा नयाँ उड फिनिस आर्मरेष्ट रहेको ।
  • इटिओस सेडान र इटिओस लिभामा रिभर्स पार्किङ सेन्सर रहेको ।
 
भित्री डिजाइन
  • नयाँ एलसीडी डिस्प्ले र डिजिटल घडिसँगै कम्बाइमिटर राखिएको ।
  • इटिओसमा अग्रभागमा भएको स्पिकरहरुका अतिरिक्त दुई नयाँ रियर स्पिकर रहेको ।
  • अग्रभागमा रहने चालक तथा यात्रुको लागि परिस्कृत गरिएका एसआरएस ब्याग जुन इटिओस परिवारका सबै गाडीमा राखिएको  ।
  • सिटबेल्ट, डोर अजार तथा हेडल्याम्पका लागि नयाँ चेतावनी घण्टी (बजर) राखिएको ।

इटिओस परिवारका नयाँ परिस्कृत भर्सनले टोयोटा प्रेमीहरुका लागि चाहनायुक्त तीन कारहरु प्रस्तुत गरेको छ। यी परिस्कृत नविनताहरुले इन्टेरियर स्पेस (भित्री स्थान) को सबलता र पैसाको उच्च महत्व बुझाउने कारहरुको आकर्षण थप बढाएको छ।