जेनेरेसन नेक्स्टले नेपालमा आइफाेन बेच्ने, आइफोन सिक्स र सिक्स प्लस उपलब्ध गराउने

बिजमाण्डू
२०७१ पुष २ गते ००:०० | Dec 17, 2014
जेनेरेसन नेक्स्टले नेपालमा आइफाेन बेच्ने, आइफोन सिक्स र सिक्स प्लस उपलब्ध गराउने


काठमाडौं। जेनेरेसन नेक्स्ट कम्युनिकेशन्स एप्पलको आइफोन र आइप्याड विक्री गर्न आधिकारिक विक्रेता नियुक्त भएको छ। तीन वर्षदेखि एप्पलका आइम्याक, म्याकबुक तथा आइपड बेच्दै आएको जिनेक्स्टले एप्पलका अन्य उत्पादन पनि बेच्ने आधिकारिकता पाएको हो।

नेपालमा एप्पलका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गइरहेको अवस्थामा एप्पपले आधिकारिक विक्रेता नियुक्त गरेको हो। आइफोनको आधिकारिक विक्रेता नियुक्त भएसँगै अब ग्राहकलाई एप्पलका उत्पादन र अन्य सेवाहरु सहज रुपमा उपलबध गराउने जिनेक्स्टले जनाएकाे छ।

Tata
GBIME
Nepal Life

जेनेरेसन नेक्स्ट कम्युनिकेशनले छिट्टै नै तीनवटा रिटेलरमार्फत आइफोनको विक्री गर्ने भएको छ। यसका लागि उसले इभो स्टोर, फ्यूचर वर्ल्ड तथा एनसेललाई नियुक्त गरेको छ। इभो स्टोरले तीनवटा, फ्यूचर वर्ल्डले तीनवटा तथा एनसेलले १८ वटा आउटलेटमार्फत सेवा दिनेछ।

उपभोक्ताले यी आउटलेटमार्फत शुक्रबारबाट ग्राहकले आइफोन खरीद गर्न सक्नेछन्। नेपालमा १६ जिबी, ६४ जिबी तथा एकसय २८ जिबीका आइफोन सिक्स र सिक्स प्लस उपलब्ध हुँदैछन्।