डलरको वृद्धिमा रोक, एक डलरको रिफ्रेन्स रेट १०२ रुपैयाँ, बैंकले १०१ रुपैयाँ ४५ पैसामा कारोवार

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
डलरको वृद्धिमा रोक, एक डलरको रिफ्रेन्स रेट १०२ रुपैयाँ, बैंकले १०१ रुपैयाँ ४५ पैसामा कारोवार

काठमाडौं । केही दिन यता आकाशिएको नेपाली रुपैयाँसँग डलरको विनिमयदरमा बिहिवारबाट भने गिरावट आउन थालेको छ । बुधवारको तुलनामा बिहिवार नेपाली रुपैयाँ झण्डै ९० पैसा सस्तिएको छ ।
बुधवार एक डलर एक सय दुई रुपैयाँ ३० पैसासम्म कारोवार भएको थियो । बिहिवार त्यो घटेर बाणिज्य बैंकहरुले एक सय एक रुपैयाँ ४५ पैसासम्म कारोवार गरिरहेका छन् ।
केन्द्रिय बैंकले बिहिवारका लागि प्रति डलर एक सय दुई रुपैयाँ ९ पैसा रिफ्रेन्स तोकेको थियो । डलरको बढी कारोवार गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंकले बिहिवार प्रतिडलर एक सय एक रुपैयाँ ४५ पैसामा कारोवार गरिरहेका छन् ।
डलरको तुलनामा भारु महँगिएपछि स्थायी विनिमयदर भएको नेपाली रुपैयाँ बलियो बनेको हो ।

Tata
GBIME
Nepal Life