सुनको भाउ तोलामा चार सय रुपैयाँ घट्यो, ५२ हजार रुपैयाँमा कारोबार, चाँदीको मुल्य स्थिर

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
सुनको भाउ तोलामा चार सय रुपैयाँ घट्यो, ५२ हजार रुपैयाँमा कारोबार, चाँदीको मुल्य स्थिर

काठमाडौं। सुनको भाउ फेरि ओर्लिएको छ। विहीबार छापावाल सुनको भाउ प्रतितोलामा चार सय रुपैयाँले घटेको हो। बुधबार भने तोलामा तीन सयका दरले भाउ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा थोरै गिरावट आएको कारण नेपालको बजारमा पनि असर देखिएको हो। केही सातायता अमेरिकी डलर महंगो भएको कारण सुनको भाउ पनि उकालो लागेको थियो। विहीबार भारतमा भने सुनको भाउ १० ग्राममा ५८ रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

एक साता अघि सुनको भाउ तोलामा ५२ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो। मंगलबार भने ५२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। अमेरिकी डलरको सटही दरमा हुने परिवर्तनले सुनको भाउमा पनि प्रभाव पार्छ।

दुई दिन देखि चाँदीको मुल्य भने परिवर्तन भएको छैन। महासंघका अनुसार चाँदी प्रतितोला सात सय रुपैयाँमा कारोबार भइरहेको छ।