कसलाई ‘फलो’ गर्छन् नेताहरु?

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
कसलाई ‘फलो’ गर्छन् नेताहरु?
  • ऋषिकेश दाहाल/बिजमाण्डू

काठमाडौं : सोसल मिडियामा थोरैमात्र नेता सक्रिय छन्। बाबुराम भट्टराई, गगन थापा, रविन्द्र अधिकारीका विचार सामाजिक सञ्जालबाट फैलने क्रम पनि जारी छ। राजनीतिक दलका नेता सामाजिक सञ्जालमा आउनासाथ उनीहरुलाई ‘फलो’ गर्नेहरु पनि उत्तिकै बढेको देखिन्छ।
 
हालै बाबुराम भट्टराईलाई ट्विटरमा ‘फलो’ गर्नेको संख्या १ लाख नाघेको छ। गगन थापालाई ‘फलो’ गर्नेहरु पनि धेरै छन्। उनलाई ट्विटरमा ‘फलो’ गर्नेको संख्या ८० हजारभन्दा माथि पुगिसकेको छ। एमाओवादी र नेपाली कांग्रेसका यी दुई नेताका ‘फलो’अर सबैभन्दा धेरै छन्।
 
एमालेका रविन्द्र अधिकारी र अर्थमन्त्री रामशरण महतका ‘फलोअर' पनि अरु नेताहरुभन्दा माथि नै छ। नेतालाई ‘फलो’ गर्नु भनेको उसको धारणा वा मत के छ भन्ने बुझ्नु नै हो। त्यसबाहेक राजनीतिक गतिविधि अपडेट हुनका लागि पनि दलका नेतालाई ‘फलो’ गर्ने चलन छ।
 

Tata
GBIME
Nepal Life

केकीलाई ‘फलो’ गर्छन् बाबुराम

बाबुराम सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छन्। उनी कतिपय अवस्थामा त प्रतिक्रियामाथि पनि भिडिरहेका हुन्छन्। उनका ट्विटहरु धेरै रिट्विट र फेभ हुने गर्छ। एक हिसाबले सामाजिक सञ्जालका प्रयोगकर्ताबीच उनको कद केही अग्लो छ। तर उनले ‘फलो’ गर्नेको संख्या १ सय २२ जनामात्र छ।

हाम्रो चासो थियो भट्टराईले कसलाई ‘फलो’ गर्छन् त ? मिडियासँग सँधै नजिक रहने उनले धेरैजसो पत्रकारलाई ‘फलो’ गरेका छन्। केही राष्ट्रिय, अन्तर्राष्ट्रिय नेता, समाजसेवीसँगै उनले एकजना व्यवसायिक कलाकारलाई पनि ‘फलो’ गरेका छन्। हो, ट्विटरमा बाबुराम भट्टटराईको ‘फलो’ पाउने ती हिरोइन हुन – केकी अधिकारी। केकीबाहेक अरु चर्चित कलाकारलाई भट्टराईले ‘फलो’ गरेका छैनन्।

गगनको ‘फलो’ गायकतिर

नेपाली कांग्रेसका नेता गगन थापा सामाजिक सञ्जालमा निक्कै सक्रिय देखिन्छन्। यी युवा नेतालाई बाबुराम भट्टराईपछि सबैभन्दा धेरैले ‘फलो’ गर्छन्। गगन थापालाई ८१ हजारले ‘फलो’ गरेका छन्।

भट्टराईजस्तै गगन थापा पनि सेलेक्टिभ देखिन्छन्। उनले पनि थोरैलाई ‘फलो’ गर्छन्। उनले ‘फलो’ गरेकाहरु १ सय २७ जनामात्रै छन्। बाबुराम भट्टराईजस्तै यिनले पनि धेरै पत्रकारलाई पछ्याएका छन्। पत्रकारसँगै प्रमुख दलका नेताहरुलाई यिनले ‘फलो’ गरेका छन्। अनि सेलिब्रिटीमा नि ? गगन पनि चलेका सेलिब्रिटीलाई ‘फलो’ गर्नेमा 'छुच्चो' देखिएका छन्। यिनले गायक रामृष्ण ढकाललाई मात्र ‘फलो’ गरेका छन्।

महतले कसलाई ‘फलो’ गरे यस्तो ?

अर्थमन्त्री रामशरण महतले ट्विटरमा भारतीय अभिनेत्री सुस्मिता सेनलाई पछ्याएका छन्। गायक अमृत गुरुङलाई पनि ‘फलो’ गरेका छन्। उनले फलो गरेका २ सय ८६ जनाभित्र छन् देशी विदेशी लेखक, नेताहरु र समाजसेवी।
  

त्यही भीडमा 123sexy लाई महतले ‘फलो’ गरेको देखेर हामीलाई अनौठो लाग्यो। @karikishiba ह्यान्डल रहेको यो अकाउन्ट नागरिकका सम्पादक प्रतीक प्रधानले भन्ने गरेको सामाजिक सञ्जालको नकाबपोस हुँडार झै लाग्छ। यो ह्यान्डलबाट ९ वटामात्र ट्विट भएको छ भने फोटो पनि नक्कली राखिएको छ। महतले यिनलाई 'झुक्किएर' ‘फलो’ गरेको हुनुपर्छ।
 

कमल थापाले पछ्याए मनीषा


नेपाली सेलिब्रिटी नेताले धेरै वास्ता नगरे पनि कमल थापाले भने मनीषा कोइरालालाई पछ्याएका छन्। मनीषाका पिता प्रकाश कोइराला राजा ज्ञानेन्द्रको शासन हुँदा कमल थापाजस्तै सक्रिय थिए। मनीषा कोइरालालाई ‘फलो’ गर्नुको पछाडि यही कारण त होइन ?
 

हदै उदार रवीन्द्र


युवा नेता रवीन्द्र अधिकारी ट्विटरमा सक्रिय थोरै नेकपा एमालेका नेतामध्ये पर्छन्। उनलाई १३ हजार ५ सयले ‘फलो’ गर्छन्। उनले पनि २ हजार ८ सय ४३ जनालाई ‘फलो’ गरेका छन्। अरुलाई ‘फलो’ गर्ने नेतामा रवीन्द्र पूरै उदार देखिएका छन्। यति धेरैलाई ‘फलो’ गरेपछि यिनले ठूला साना धेरै कलाकारलाई पछ्याउनु त सामान्य नै हुने भइगो।