माइक्रोसफ्टले ल्यायो अहिलेसम्मकै सस्तो फोर जी मोवाइल, ८ हजार तीनसय भारुमा पाइने, विहीबारबाट बुक

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
माइक्रोसफ्टले ल्यायो अहिलेसम्मकै सस्तो फोर जी मोवाइल, ८ हजार तीनसय भारुमा पाइने, विहीबारबाट बुक

काठमाडौं। लुमिया ५३५ सार्वजनिक गरेको केही दिनमा नै भारतमा माइक्रोसफ्टले लुमिया ६३८ सार्वजनिक गरेको छ। फोर्र जी स्मार्टफोनमा अहिलेसम्मकै सस्तो भनिएको यो स्मार्टफोन आठहजार दुईसय ९९ भारुमा पाइने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यो मोवाइल विहीबारबाट प्रि अर्डर गर्न सक्ने जनाएको छ। यो मोवाइल माइक्रोसफ्ट स्टोरबाट अर्डर गर्न सकिन्छ। माइक्रोसफ्ट स्टोर अमेजन इन्डिया सञ्चालित वेवसाइट हो।

लुमिया ६३८ मोवाइल नोकियाको लुमिया ५२०, लुमिया ५३० तथा लुमिया ५३५ कै परिस्कृत स्वरुप हो। यि मोवाइलको मूल्य भने १० हजार भारु छ। यी मोवाइलमा ४.५ इन्चको एफडब्लुभिजिए क्लिएर ब्ल्याक डिस्प्ले रहेको छ। यी मोवाइल विन्डोज फोन ८.१ प्लेटफर्ममा संचालित हुने कम्पनीले जनाएको छ।

यी मोवाइलमा १.२ गिगाहर्ज क्वाड कोर स्न्यापड्रागन ४०० सिपियू तथा एक जिबी र्‍याम रहेको छ। यसमा आठ जिबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।

यो मोवाइलमा ५ मेगापिक्सेलको एलइडी फ्लास सहितको क्यामेरा राखिएको छ। रेयर क्यामेरा मात्रै राखिएको मोवाइलमा फ्रन्ट क्यामेरा भने उपलब्ध छैन। यो मोवाइलमा १८ सय ३० एमएएच ब्याट्रि प्रयोग गरिएको छ।

कम्पनीले यो मोवाइल फोर जी प्रविधिमा अहिलेसम्मकै सस्तो मोवाइल भएको दावी गरेको छ।