शिखर इन्स्योरेन्सले पोहोरभन्दा वढायो लाभांस, २१.०५ प्रतिशत पुग्यो, २० प्रतिशत वोनस सेयर दिने

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांस दिने भएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस दिन लागेको हो ।

अघिल्लो बर्ष पनि कम्पनीले २० प्रतिशत वोनस सेयर दिएको थियो ।

 
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस बिमा समितिले स्वीकृत गर्नु पर्छ । त्यसपछि साधारणसभाबाट अनुमोदन हुनु पर्छ, अनि मात्र लगानीकर्ताले लाभांस पाउने छन् । 
 
कम्पनीले गत बर्ष १९ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । अहिले कम्पनीको चुक्ता पुँजी २९ करोड ७७ लाख रुपैयाँ छ । वोनस सेयर वितरणपछि पुँजीमा पाँच करोड ९५ लाख रुपैयाँ थपिने छ ।