संसदीय समितिले भन्यो, ‘राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या एकद्ववार प्रणालीबाट हटाउनु’

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
संसदीय समितिले भन्यो, ‘राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या एकद्ववार प्रणालीबाट हटाउनु’


काठमाडौं । संसदको विकास समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई एकद्वार प्रणालीबाट समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

Tata
GBIME
Nepal Life

यस्ता आयोजना तथा परियोजना कार्यान्वयनमा भएका तथा देखिन सक्ने समस्या समाधान गर्न सरोकारवाला मन्त्रालयबीच संयन्त्र निर्माण गरी काम गर्न पनि समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले विकास निर्माणका आयोजनाका लागि आवश्यक पर्ने ढुंगा, बालुवा तथा गिट्टीको उत्खनन्, व्यवस्थापन र आपूर्तिको व्यवस्था मिलाउन तथा क्रसर उद्योगमा देखिएका समस्या समाधान गर्न पनि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता समस्या समाधान गर्न सम्बन्धित पक्षसँग समन्वय गरी मापदण्ड बनाई काम गर्न सरकारलाई भनेको छ ।