चिनियाँ बियर सिन्गताओ नेपालमा विक्री सुरु, ३३० एमएल क्यानको १७०, ५०० एमएलको २४१ रुपैयाँ

बिजमाण्डू
२०७१ पुष ३ गते ००:०० | Dec 18, 2014
चिनियाँ बियर सिन्गताओ नेपालमा विक्री सुरु, ३३० एमएल क्यानको १७०, ५०० एमएलको २४१ रुपैयाँ

काठमाडौं । चीनियाँ उत्पादन सिन्गताओ बियरको नेपालमा विक्री सुरु भएको छ । सिन्गताओ चीनको दोस्रो पुरानो बियर कम्पनी हो । यो बियरलाई नेपाली कम्पनी लभ्ली बेभरेजले आयात गरेको हो ।

Tata
GBIME
Nepal Life

 यो कम्पनी बेलायती र जर्मन नागरिकले सन् १९०३ मा स्थापना गरेको बिहिवार जारी प्रेस विज्ञप्तिमा छ । १११ वर्षको अवधिमा यो कम्पनी चीन सरकार तथा अन्य व्यक्ति विशेषको स्वामित्व हुँदै हाल चीनियाँ नागरिकको स्वामित्वमा छ ।

यो वियरको उत्पादनमा अत्याधुनिक जर्मन प्रविधि प्रयोगमा ल्याइएको र उच्च गुणस्तरका कच्चा पदार्थ र स्प्रिङ पानीको प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

चीनियाँ बजारमा लोकप्रिय यो वियर विश्वका ६२ देशमा निर्यात हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले विश्वका उत्कृष्ट वियरको वरियतामा यो वियर छैंठौं स्थानमा रहेको दावी गरेको छ ।

दुई साइजमा उपलब्ध यो वियरको बिक्री मूल्य ३३० मिलिको प्रति क्यान एक सय ७० रुपैयाँ र ५०० मिलिको दुई ४१ रुपैयाँ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा छ । कम्पनीले सिन्गताओ वेभरेजका अन्य उत्पादन पनि नेपाल भित्र्याउने जानकारी दिएको छ ।