सन्तोष श्रेष्ठ भए आनको अध्यक्ष, बराबर मत पाएपछि दुई उपाध्यक्ष, महासचिव नारायणकुमार

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
सन्तोष श्रेष्ठ भए आनको अध्यक्ष, बराबर मत पाएपछि दुई उपाध्यक्ष, महासचिव नारायणकुमार


काठमाडौं। नेपाल विज्ञापन संघ (आन) को अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन्। विहीबार भएको मतदानमा श्रेष्ठ समूहले बहुमत सदस्य सहित विजय हासिल गरेको हो। श्रेष्ठ यसअघि संघको महासचिव थिए।

Tata
GBIME
Nepal Life

शुक्रबार विहान घोषणा भएको नतिजा अनुसार श्रेष्ठले एक ३७ मत पाएका छन् भने अर्का प्रत्याशी रविन्द्र कुमार रिजालले एक सय १८ मत पाए। संघको कार्यसमितिका लागि दुई समूह निर्वाचन लडेको थियो। घोषित परिणाम अनुसार श्रेष्ठ समूहका सात जना र रिजाल समूहका पाँच जना निर्वाचित भएका छन्।

संघको उपाध्यक्षमा दुबै उम्मेद्वार बराबर मत पाएका छन्। उपाध्यक्षमा उम्मेदरवार बनेका उजय शाक्य र महोम्मद अख्तरले एक सय २७ मत पाएका हुन। बराबर मत पाएका दुबैलाई उपाध्यक्ष राख्ने गरी विजेता घोषित गरिएको छ। विधान संशोधन गरेर दुबैलाई उपाध्यक्ष बनाउने तयारी भएको हो। साधारण सभामा विधान संशोधनको प्रस्तावमा छलफल भएपनि सहमति भएको थिएन।

श्रेष्ठ समूहबाट महासचिवमा नारायणकुमार श्रेष्ठ, कोषाध्यक्षमा यादवकुमार श्रेष्ठ सदस्यहरु पंकज प्रधान, मुना श्रेष्ठ, शालिकराम घिमिरे निर्वाचित भएका छन् । त्यस्तै रिजाल पक्षबाट सचिवमा धिरज लामिछाने, सहकोषाध्यक्षमा यमुना पौडेल र सदस्यहरुमा रोसन प्रसाईं, मिनु राजभण्डारी र रमेश पुरी निर्वाचित भएका छन् ।

आनमा दुई सय ६३ मतदाता छन् । सदस्य संख्या बढेको भन्दै आनको कार्यसमितिको संख्या  पनि २३ पुर्‍याउन खोजिएको थियो । साधारण सभामा कार्यसमितमा वरिष्ठ उपाध्यक्ष सहित तीन उपाध्यक्षको पद सृजना गर्ने प्रस्ताव पेश भएको थियो । तर साधारण सभाले यो प्रस्ताव पारित गरेन ।
आनले केही दिनमै विषेश साधारण सभा बोलाएर विधान संशोधनको प्रस्ताव पेश गर्ने र दुई जना उपाध्यक्ष राख्ने व्यवस्था गर्ने जानकारी स्रोतले दिएको छ ।