कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, वित्तीय अवस्था एकदमै खराव, ८१ करोड जोखिममा

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
कर्पोरेट डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, वित्तीय अवस्था एकदमै खराव, ८१ करोड जोखिममा


काठाडमौं । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सुधारका लागि छ महिनाको समय दिएको छ । राष्ट्र बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।
 
बैंकको वित्तीय अवस्था निकै खराव रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २०७० भदौ २ गते शिघ्र सुधारात्मक कारवाही पनि गरेको थियो । पर्साको वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको बैंकलाई पुँजी योजना पेस गर्न पनि निर्देशन दिइएको थियो । राष्ट्र बैंकले केही साताअघि मात्रै नेपाल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेका थिए ।
 
‘वित्तीय अवस्था विग्रिएर सर्वसाधारणको निक्षेप जोखिममा पर्न सक्ने देखिएकाले निक्षेपकर्ताको हित संरक्षणका लागि समस्याग्रस्त घोषणा गरिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, ‘सुधारका लागि छ महिना दिएका छौं ।’
 
के छ अवस्था ?
बैंकले गत चैतदेखि वित्तीय विवरण सार्वजनिक गर्न छाडेको छ । बैंकको पछिल्लो विवरण अनुसार ८१ करोड ५४ लाख रुपैयाँ निक्षेप छ । बैंकले ४३ करोड २४ लाख कर्जा लगानी गरेको छ । 
 
कुल कर्जा लगानीमध्ये साढे छ करोड रुपैयाँ रियलस्ेटमा छ । २० करोडभन्दा वढी लगानी ओभरड्राफ्ट शिर्षकमा गरेको छ । 
 
बैंकको सेयर गत बुधबार पनि कारोबार भएको थियो । बैंकको सेयर प्रति कित्ता १२५ रुपैयाँका दरले किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेमा बैंकको २० लाख कित्ता सेयर सुचिकृत छन् । 
 
किन गरियो कारवाही ?
शिघ्र सुधारात्मक कारवाहीपछि बैंकको २०७० पुस मसान्तको वित्तीय विवरणको आधारमा स्थलगत निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ । निरिक्षणका क्रममा वित्तीय अवस्था झन कमजोर भई पुँजीकोष अनुपात २.८६ प्रतिशतले ऋणात्मक भएको भेटिएको थियो । 
 
पुँजीकोष ऋणत्मक भएपछि राष्ट्र बैंकले संस्थालाई समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा किन गर्नु नपर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । संस्थाले पेश गरेको स्पष्टीकरणमा २०७१ असार तथा साउन मसान्तमा पुँजी कोष अनुपात क्रमशः ३.०६ र ४.७५ प्रतिशत कायम भएको वित्तीय विवरण उल्लेख गरेको थियो ।
 
संस्थाको वित्तीय अवस्थाको परीक्षण गर्न अनुगमन टोली खटाइएकोमा टोलीको प्रतिवेदन अनुसार संस्थाको खराव कर्जा असुली तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनमा प्रगति नभएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।  
 
राष्ट्र बैंकले शत् प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न दिएको निर्देशनसमेत पालना भएको थिएन । दुई करोड २७ लाख ६६ हजार कर्जा नोक्सानी व्यवस्था नगरेको राष्ट्र बैंकको निरिक्षणमा पाइएको थियो । गैरबैंकिङ सम्पत्तिमा सकार गरेको सम्पत्तिहरुमध्ये केही सम्पत्तिको नोक्सानी व्यवस्था नगरेको पनि पाइएको राष्ट्र बैंकले जनाएको छ । 
 
२०७१ असार मसान्तसम्ममा खुद नोक्सान १४ करोड ८७ लाख ३० हजार पुगेको तथा पूँजीकोष अनुपात ७.४८ प्रतिशतले ऋणात्मक देखिएको छ थियो । २०७१ भदौसम्ममा वित्तीय अवस्थामा खासै प्रगति नभई पुँजीकोष अनुपात चार प्रतिशत ऋणात्मक रहेको देखिएको थियो । 
 
‘संस्थाबाट प्राप्त स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकाले समस्याग्रस्त घोषणा गर्नु परेको हो,’ श्रेष्ठले भने । संस्थाले २०७१ कात्तिक मसान्तसम्म असुल गरेको खराब कर्जालाई भदौ मसान्तसम्मको वित्तीय विवरणमा समायोजन गर्दा समेत २.७० प्रतिशतले पुँजी कोष ऋणात्मक हुन आउँछ । 
 
‘संस्थाको हालको अवस्थालाई विश्लेषण गर्दा संस्था सामान्य बैंकिङ सिद्धान्त, मूल्य, मान्यता तथा प्रचलित कानून अनुरूप सञ्चालन नभएको पाइएको छ,’ श्रेष्ठले भने । 
 
कर्जा लगानी र निक्षेप संकलनमा रोक
राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई तत्काल तोकिएको पुँजी कोष अनुपात अर्थात १० प्रतिशत पु¥याउन निर्देशन दिएको छ । थप निक्षेप संकलन तथा नवीकरण गर्न पनि रोक लगाइएको छ ।
 
बैंकले थप कर्जा तथा जमानत प्रदान नगर्न तथा नवीकरण गर्न पाउँदैन । लाभांश तथा बोनश सेयर घोषणा गर्न तथा राष्ट्र बैंकको स्वीकृति बिना संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई प्रोत्साहन भत्ता, संस्था छोड्दा दिने अन्य सुविधा बृद्धि, व्यवस्थापन शुल्क वा व्यवस्थापनको तजविजले दिन सक्ने अन्य क्षतिपूर्ति प्रदान गर्न पनि रोक लगाइएको छ । 
 
कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात बढीमा पाँत प्रतिशतसम्ममा ल्याउन निर्देशन दिइएको छ भने नयाँ शाखा खोल्न रोक लगाइएको छ । 

Tata
GBIME
Nepal Life