सेयर कारोबार रकम थोरै सुध्रियो, परिसूचक भने घट्यो, सातामा जलविद्युतका लगानीकर्ताले गुमाए

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
सेयर कारोबार रकम थोरै सुध्रियो, परिसूचक भने घट्यो, सातामा जलविद्युतका लगानीकर्ताले गुमाए

काठमाडौं। पुँजीबजारमा यो साता निकै उतारचढाव देखियो। एकै दिन ३९ अंकले बढ्यो नेप्से अन्तिम दिनसम्म पनि निकै उतारचढावमा रह्यो। कारोबार रकम पनि गत साताको भन्दा केही बढ्यो।

यो साताभरमा एक अर्ब १४ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भयो। गत साताको तुलनामा यो कारोबार रकम ४२ प्रतिसतले बढी हो। गत साता ८० करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। नेपाल स्टक एक्स्चेन्जले दिएको जानकारी अनुसार साताभरमा एक सय ६७ वटा कम्पनीको ३२ लाख २९ हजार नौ सय ६० कित्ता सेयर किनबेच भए।

Tata
GBIME
Nepal Life

गत सोमबार नेप्से ९१६ अंकसम्ममा पुग्यो। यो विन्दु पछिल्लो अवधिको सर्वाधिक हो। साताको अन्तिम कारोबार हुँदा विहीबार नेप्से ९०३ अंकमा रोकियो। बुधबार सूचक साताकै न्युन विन्दु ९०० अंकमा ओर्लिएको थियो।

बाणिज्य बैंक, जलविद्युत, विमा, अन्य र व्यापार समूहको परिसूचक घट्यो। यसमध्ये सबैभन्दा बढी जलविद्यूत समूहको सूचक ४८.६ अंकले घट्यो।
साताभरमा नेपाल बैंक लिमिटेडको १० करोड रुपैयाँको कारोबार भयो। कारोबार रकमका आधारमा यो बैंक अग्रस्थानमा रहयो। यो बैंकको एकै दिन सात करोड रुपैयाँको सेयर किनबेच भएको थियो।