पूर्वी पहाडका जिल्लामा टाटा सुमोको सेवा सुरु, अरनिको यातायातमा एक साथ ५० जीपबाट सेवा

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
पूर्वी पहाडका जिल्लामा टाटा सुमोको सेवा सुरु, अरनिको यातायातमा एक साथ ५० जीपबाट सेवा

काठमाडौं । पुर्बी नेपालका पहाडी जिल्लामा सार्बजनिक यातायात सेवा प्रदान गरिरहेको अरनिको यातायात सेवा समितिले टाटा सुमो जीपबाट समेत सेवा सुरु गरेको छ ।

यस पहिले कम्पनीले ठुला तथा मझौला बसमार्फत आफ्ना सेवा प्रदान गरिरहेको थियो । समितिले पुस ३ गतेबाट टाटा सुमो जीपमार्फत आफ्नो सेवालाई अझ प्रभावकारी र भरपर्दो बनाएको हो ।

Tata
GBIME
Nepal Life

नेपाल यातायात ब्यबसायी महासघको अध्यक्ष दिनेश भण्डारी र अरनिको यातायात समितिको अध्यक्ष जीतबहादुर भारतीले यातायात सेवाको सुरुवात गरेका हुन् । कार्यक्रममा भर्खरै खरिद गरिएका ५० वटा टाटा सुमो गोल्डलाई बिशेष सजावट गरी राखिएको थियो।

नेपालको माटोरबाटोलाई मध्यनजर गरी सुमो गाडीलाई छानिएको समितिले जानकारी दिएको छ । समितिले हिमालदेखी पहाड्का अफ्ठ्यारा र कच्ची सडक तथा तराईका समथर मैदानमा पनि सुमो गोल्डले सेवा दिंदै अएको छ।

टाटा सुमोको यात्रा छिटो, छरितो, सुबिधा सम्पन्न र सुरक्षित हुने समितिले जानकारी दिएको छ ।

सुमोके सेवासँगै ठूला बसमा कोचिएर कस्टकर यात्रा गर्न बाध्य जनताले अब सुरक्षित र आरामदायी यात्रा गर्न पाउने पनि विहिवार जारी प्रेस विज्ञप्तीमा छ ।