नेपाल लाइफको नौलो जीवन सम्वृद्धि बीमा योजना, चार/चार वर्षमा बिमाङ्क रकम फिर्ता हुने

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
नेपाल लाइफको नौलो जीवन सम्वृद्धि बीमा योजना, चार/चार वर्षमा बिमाङ्क रकम फिर्ता हुने


काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले नौलो जीवन सम्वृद्धि बीमा योजना ल्याएको छ । कम्पनीले जीव सम्वृद्धि बीमा योजनालाई परष्कृत गरेर नौलो जीवन सम्वृद्धि बीमा योजना ल्याएको कम्पनीले जानकारी दिएको छ ।
 पुस ६ गतेदेखि सर्वसाधरणमा आउन लागेको यो योजनामा एकल भुक्तानीको व्यवस्था, अपाङ्ग असक्तताको सुबिधा, बीमालेख धितोमा एक बर्षमा नै कर्जा उपलब्ध हुने व्यवस्थाका साथै १० र २५ वर्ष अवधिका लागि बीमा गर्न सकिने सुबिधा थपिएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
नेपाल लाइफ इन्स्योरेन्सले अग्रणी कम्पनीको रुपमा सदाझै आफ्ना मौलिक बिशेषता भएको बीमा योजनामार्फत आम मानिसको बिश्वास हासिल गर्न सफल हुने कम्पनीले विश्वास लिएको छ । 
योजनाले सीमित अवधिको बीमाशूल्क भूक्तानी पछि ४–४ बर्षको अन्तरालमा बिमाङ्क रकम फिर्ता हुदै जाने भएकोले सर्वसाधारणमा बीमा कम्पनीप्रति बिश्वास बृद्धि हुने र बीमितको तरलता व्यवस्थापनमा समेत सघाऊ पुग्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । 
यो योजनामा १६ वर्षदेखि ६० वर्ष सम्मका व्यक्तिको जीवन बीमा गर्न सकिने सुविधा छ । त्यसैगरी बीमाको अवधि १०, १५, २० र २५ वर्ष अवधिका लागि हुने कम्पनीले जानकारी दिएको छ । 
कम्पनीले सिमित अवधि बीमाशुल्क भुक्तानी गरी बीमा अवधिभरि जोखिम बहन हुने र बीमा अवधि समाप्तिमा एकमुष्ठ बोनस रकम पाइने जानकारी दिएको छ । बीमा चालु भएको १ बर्ष पछि बीमालेख धितो राखि सहजै कर्जा लिन सकिने पनि जानकारी कम्पनीले दिएको छ । 
बीमा अवधिमा बीमितको मृत्यु भएमा विभित्र किस्तामा गरिएको आवधिक भुक्तानी कट्टा नगरी बीमाङ्क र आर्जित बोनस रकम उपलब्ध हुनेछ । त्यसैगरी थप परिष्कृत अपाङ्ग असक्तता सुबिधा पनि उपलब्ध हुनेछ । 
बीमाशूल्क एकल किस्तामा मात्र पनि भुक्तानी गर्न सकिने । एकल बीमाशूल्क भुक्तानीमा बीमांकको २.५ गुणा मृत्यू जोखिम बहन हुने जानकारी कम्पनीले दिएको छ ।
 

Tata
GBIME
Nepal Life