एनसेलले डाटा बण्डलिङ्गसहित आइफोन विक्री सुरु, ८४ हजारबाट मूल्य, तीन बैंकबाट सरल किस्तावन्दी

बिजमाण्डू
२०७१ पुष ४ गते ००:०० | Dec 19, 2014
एनसेलले डाटा बण्डलिङ्गसहित आइफोन विक्री सुरु, ८४ हजारबाट मूल्य, तीन बैंकबाट सरल किस्तावन्दी
काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आईफोन ६ र आईफोन ६ प्लस लगायतका एप्पलका प्रिमियम मोवाइल सेट बण्डलिङ्गमा विक्री सुरु गरेको छ । 
कम्पनीले एनसेलको सिम तथा डेटा अफरसँग बन्डल गरेर आईफोन ६ र आईफोन ६ प्लसका १६ जीबी, ६४ जीबी र १२८ जीबीका तीन फरक मोडल बजारमा विक्री सुरु गरेको हो ।
 
मूल्य ८४ हजारबाट
 
ग्राहकले आईफोन ६ को १६ जीबी सेट ८३ हजार ९९९ रुपैयाँ, ६४ जीबी सेट ९४ हजार ४९९ र १२८ जीबी सेट एक लाख सात हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । आईफोन ६ प्लसमा १६ जीबी सेट ९४ हजार ४९९ मा, ६४ जीबी सेट एक लाख सात हजार ९९९ र १२८ जीबी सेट एक लाख २० हजार ९९९ मा खरिद गर्न सक्ने जानकारी दिएको छ । सेटको मूल्य अमेरिकी डलरको विनिमय दर अनुसार फरक पर्न सक्ने पनि कम्पनीले स्पष्ट पारेको छ ।
यो मूल्यमा बन्डल अफर अन्तर्गत एनसेलले सिमसँगै ६ महिनासम्म प्रत्येक महिना १ जीबी डेटा निःशुल्क उपलब्ध गराउने पनि शुक्रवार साँझ आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो ।
 
आफ्ना ग्राहकका लागि डेटा बन्डलसँगै एप्पलका प्रिमियम ब्राण्ड आईफोन नेपालमै पहिलो पटक सार्वजनीक गर्न पाउँदा हामी हर्षित छौं, एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्् नेपाली तथा अन्तर्राष्ट्रिय टप ब्राण्ड बिचको यो सहकार्यले हाम्रा ग्राहकका लागि विशेष मूल्य श्रृजना गर्ने छ ।
 
सरल किस्तामा पाइने
ग्राहकले नेपाल ईन्भेष्टमेन्ट, हिमालयन र नबिल बैंकको सहज किस्तामा पनि सेट खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकले १० हजार तिरेर आइफोन सिक्स, १२ हजार तिरेर सिक्स प्लस र आठ हजार तिरेर फाइभ एस बुक गर्न सक्ने सुविधा एनसेलले दिएको छ।  
 
एप्पलले नेपालमै पहिलो पटक आधिकारीक रुपमा आफ्ना सेटहरु भित्र्याएकोले ग्राहकले अब विक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टिको लाभ प्राप्त गर्नेछन्,एनसेलका बिटुबि निर्देशक प्रण राज पाण्डेले भने ।
एनसेलका ग्राहकले एनसेलको डेटा बन्डल अफर रहेका यी आईफोनका सेट कृष्ण टावर, दरवारमार्ग, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, कलंकी र वनेपा लगायतका सात एनसेल सेन्टरबाट खरिद गर्न सक्छन् । एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले यी सेट खरिद गर्दा प्राप्त हुने डेटा अफर एनसेल सेन्टरबाट आफ्नै नम्बरमा पनि प्राप्त गर्न सक्नेछन् ।
 
पहिलो ग्राहक प्रकुल 

एनसेलको कृष्ण टावरस्थित एनसेल सेन्टरबाट  आईफोन ६ प्लस खरिद गर्दा तिनकुनेका प्रकुल कुमार नेपालमै पहिलो आधिकारीक आईफोनका ग्राहक भएका छन् । उनी तथा नयाँ वानेश्वरका विशाल कार्की (दोस्रो आईफोन ६ प्लस खरिदकर्ता) लाई सेन्टरमै आयोजित कार्यक्रममा एनसेलकी ग्राहक सम्बन्ध निर्देशक सोमा थापाले आईफोन ६ प्लस सेट हस्तान्तरण गरीन् । 
साँझमा भएको कार्यक्रममा ग्राहकले एक्सपिरिएन्स जोनमा आईफोनका विभिन्न सेटमा एनसेलको सेवाको अनुभव लिँदै नजीकैको सेल्स जोनबाट सेट खरिद गरेका थिए । बन्डल अफर अर्को सूचना नआउन्जेल जारी रहने एनसेलले जनाएको छ ।
 

Tata
GBIME
Nepal Life