लक्ष्मी ग्रुपले सामाजिक सेवामा दुई करोड खर्चिने, पत्रकारदेखि सितलहर प्रभावितसम्मलाई सहयोग

बिजमाण्डू
२०७१ पुष ५ गते ००:०० | Dec 20, 2014
लक्ष्मी ग्रुपले सामाजिक सेवामा दुई करोड खर्चिने, पत्रकारदेखि सितलहर प्रभावितसम्मलाई सहयोग

पोखरा । व्यावसायिक घराना लक्ष्मी ग्रुपले शनिबारस्थापनाको ४१ औं वर्ष मनाएको छ । स्थापना दिवसको अवसरमा उक्त ग्रुपले झण्डै दुई करोड रुपैयाँ सामाजिक सेवामा खर्चिने प्रतिबद्धता समेत जनाएको छ ।

Tata
GBIME
Nepal Life

ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामाजिक सेवामा गर्ने सहयोगका लागि विभिन्न सस्थाहरुसँग सम्झौता समेत गरेका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्कीमा वहुउद्धेश्यिय सभाहल निर्माणका लागि १६ लाख र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई ३० लाख रुपैयाँ पर्ने एम्बुलेन्स प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे । महासंघको तर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली र समितिको तर्फबाट उपाध्यक्ष योगेन्द्र प्रधानले पनि संझौता पत्रमा हस्ताक्षर गरेका थिए ।

२०३० पुस ५ मा लक्ष्मी मिठाईं भण्डारबाट व्यवसाय थालेको गु्रपको स्वामित्वमा हाल सुजल डेरी, सुवल फुड्स, लक्ष्मी कन्सफेन्सनरी, जयाँ कन्फेक्सनरी, जया प्याकेजिङ जस्ता उद्योग र हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल जस्ता उद्योग र व्यापारिक सस्था छन् ।

यो वर्ष मात्रै गु्रपले सामाजिक सेवामा दुई करोड रुपैयाँका हाराहारीमा खर्च गरेको अध्यक्ष श्रेष्ठले बताए । लक्ष्मी गु्रपले पर्यटन क्षेत्रमा समेत लगानी गर्ने योजना बनाएको छ ।  

शनिबारनै लेखनाथको लामेआहालमा रहेको वृद्धाश्रममा फलफुल तथा ५० थान ब्लांकेट वितरण गरिएको छ भने पोखराको बागबजारस्थित गु्रपको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो ।

श्रेष्ठका अनुसार, शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल अपांग महासंघलाई ५० थान ह्विल चेयर, बाल मस्तिष्क पक्षघात केन्द्रले संचालन गर्ने शैक्षिक संस्थाका लागि २० लाख रुपैयाँ र ब्रिटिस काउन्सिलसँग मिलेर शैक्षिक विकासका लागि १२ रुपैयाँ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसैगरी, तराईमा सितलहरबाट प्रभावितहरुको सहयोगको लागि न्यानो संसार नामक संस्थासँग मिलेर पाँच सयवटा ब्याकेट पनि प्रदान गर्न लागेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

धर्मशास्त्रहरुमा कमाइको केही अंश दान गर्नुपर्छ भन्ने उल्लेख गरेको र आफू पनि धार्मिक स्वभावको भएकाले यो सानो सहयोग गरेको उनले बताए । आफूहरुले प्रंदान गरेको सहयोगको सही सदुपयोग भए आफूलाई सन्तुष्टि मिल्ने उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको पत्रकारिताको विकासमा लक्ष्मी ग्रुपको योगदान अतुलनीय रहेको बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष योगेन्द्र प्रधानले गु्रपले प्रदान गरेको एम्बुलेन्सको सदुपयोग गरी खासगरी दीनदुखीहरुको सेवामा लगाउने प्रतिबद्धता जनाए ।

लक्ष्मी गु्रपले नेपालको खेलकुदको विकासका लागि मनाङ मस्र्याङ्दी क्बलको फुटबल टिमलाई प्रायोजन गर्दै आएको छ । तीन वर्षसम्म पोखरामा जारी सफल कपको मुख्य प्रायोजन पनि यही ग्रुपले गरेको थियो । यसैगरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृर्गौलाको उपचारको लागि डायलासिस सेन्टर र बिरामी कुरुवा कक्ष निर्माणको लागि यो ग्रुपल सहयोग गरेको छ । पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालयबाट व्यवस्थापन संकायमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई लक्ष्मी विद्या पदक र लक्ष्मी स्वर्णपदक पनि प्रदान गर्दै आएको छ ।