आईएफसीले माथिल्लो कर्णालीमा १० प्रतिशत सेयर लगानी गर्ने, साेमबार जिएमअारसँग सम्झौता

बिजमाण्डू
२०७१ पुष ५ गते ००:०० | Dec 20, 2014
आईएफसीले माथिल्लो कर्णालीमा १० प्रतिशत सेयर लगानी गर्ने, साेमबार जिएमअारसँग सम्झौता

काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनामा अन्तराष्ट्रिय वित्त निगम(आईएफसी) ले १० प्रतिसत सेयर लगानी गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

लगानी गर्ने सम्झौतामा आगामी सोमबार माथिल्लो कर्णाली निर्माण गर्ने कम्पनी जीएमआर र आईएफसीबीच हस्ताक्षर हुँदैछ । आईएफसी विश्व बैंक अन्तर्गतको निजी क्षेत्रमा लगानी गर्ने संस्था हो ।

अर्थमन्त्री डा रामशरण महतलाई शुक्रबार अर्थमन्त्रालयमा भेटेर आईएफसीका कन्ट्री मेनेजर काइल केलहोफरले माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी गर्न लागेको जानकारी दिएका छन् । सो अवसरमा दिइएको जानकारी अनुसार १० प्रतिशत सेयर लगानीका साथै आईएफसीले उक्त परियोजनालाई आवश्यक पर्ने अन्य स्रोत पनि जुटाइदिने भएको छ ।

कन्ट्री मेनेजर केलहोफरले अर्थमन्त्रीसँग उक्त आयोजनालाई स्रोतको अभाव नहुने बताएका छन् । ‘हामीले स्थानीय मुद्रामा ऋणपत्र जारी गरेर पनि केही स्रोतको व्यवस्था गर्नेछौं, केलहोफरको भनाई उदृत गर्दै अर्थमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । माथिल्लो अरुण, काबेली र माथिल्लो त्रिशुली जलविद्युत आयोजनामा पनि आईएफसीले लगानी गर्ने जानकारी उनले दिए ।

सो अवसरमा अर्थमन्त्री डा महतले अन्य आयोजनाहरुमा पनि लगानी गर्न आईएफसीलाई आग्रह गरेका छन् । जवाफमा केलहोफलरले शुरुका यी आयोजनाको सफलता पछि आईएफसीले माथिल्लो कर्णालीभन्दा ठूला परियोजनामा लगानी गर्ने बताए ।

माथिल्लो कर्णाली निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरबीच तीन महिना अघि आयोजना विकास संझौता भएको थियो । संझौता अनुसार दुई वर्ष भित्र जिएमआरले लगानी जुटाइसक्नु पर्छ ।