एनसेलको पावर रिचार्ज योजना, सय रुपैयाँभन्दा बढी रिचार्ज गरे आफ्नो नेटवर्कमा ५० प्रतिशत छुट

बिजमाण्डू
२०७१ पुष ५ गते ००:०० | Dec 20, 2014
एनसेलको पावर रिचार्ज योजना, सय रुपैयाँभन्दा बढी रिचार्ज गरे आफ्नो नेटवर्कमा ५० प्रतिशत छुट
काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकका लागि पावर रिचार्ज योजना ल्याएको छ । यो योजनामा एनसेलका ग्राहकले अफर एक्टिभेट गरि एक हप्तामा दुई पटक सय रुपैयाँ वा त्योभन्दा बढी रिचार्ज गरे एनसेलको नेटवर्क भित्र ५० प्रतिशत छुट दरमा कल, एसएमएस तथा डेटा प्रयोग गर्न सक्नेछन् ।
 
पावर रिचार्ज पुस ६ गतेदेखि लागु हुने, कम्पनीले जानकारी दिएको छ । एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले १७११० मा डायल गरि योजनामा निःशुल्क सहभागी हुन सक्ने, कम्पनीले जानकारी दिएको छ ।
 
योजनामा सहभागी ग्राहकको रिचार्ज साप्ताहिक रुपमा गणना गरिने कम्पनीले जानकारी दिएको छ । प्राप्त छुट, छुट पाएको ५ दिनसम्म लागु हुनेछ । 
ग्राहकले हप्तामा एक पटक मात्र यस्तो छुट प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ । ग्राहकले एस्ट्रिक्स १७११० ह्यास डायल गरि हप्ताभर कति पटक रिचार्ज गरेको जानकारी प्राप्त गर्न सक्नेछन् । छुट आधार मूल्यमा लागु हुनेछ । माई ५, रात्री ट्यारीफ लगायतका छुटमा भने यो योजना लागु नहुने कम्पनीले जानकारी दिएको छ । 
 
ग्राहकले रिचार्ज कार्ड, भिएफटि, बैंक लगायत कुनै पनि माध्यमबाट रिचार्ज गरेर योजना अन्तर्गतको लाभ प्राप्त गर्न सक्छन् । 
 
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले पावर रिचार्ज गाहकलाई विशेष मूल्य प्रदान गर्ने प्रयास अन्तर्गत आएको योजना भएको बतायन् । यो योजना १२ हप्तासम्म लागु हुनेछ ।
 

Tata
GBIME
Nepal Life