११ अंकको बाउन्सब्याक भएको शेयर बजार अन्तिममा किन घट्यो?, लगानीकर्ता आत्तिए

बिजमाण्डू
२०७५ जेठ २९ गते १५:३३ | Jun 12, 2018

काठमाडौं। कारोबार सुरु भए देखिनै घट्न थालेको मंगलबारको बजार तीब्र उचारचढाव सहित १.९३ अंककले घटेको छ।

Tata
GBIME
Nepal Life

कारोबार सुरु भएदेखि एकघण्टा ५० मिनेटसम्ममा ११ अंकले गिरावट देखिएको बजार २ बजेर २५ मिनेटसम्ममा बाउन्स ब्याक भएको थियो।

बाउन्स ब्याक भएर २ बजेर ३७ मिनेटसम्ममा ३.४७ अंकको सुधार देखियो। त्यसपछि पुनः बजार ओरालो लाग्दा अन्तिमसम्ममा ०.१६ प्रतिशतले घटेको हो।

पैसा नभएर ऋण दिन नपाएका बैंकहरुले नेपाल राष्ट्र बैंकसँग अतिरिक्त तरलताका लागि चार वटा माग अगाडि सारेका थिए। आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै नेपाल बैंकर्स संघले चारवटा माग अगाडि सारेको छन्।
 
संघले कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) का कारणले पनि अण विस्तारमा असहजता उत्पन्न भएको तर्क गर्दै यसलाई नै खारेज गर्न माग गरेका छन्।
 
उनीहरुले वासेल-थ्रि पूर्ण कार्यान्वयन गरेसँगै सिसिडी खारेज गर्नु पर्ने माग राखेका हुन्। उनीहरुले माग राखे पनि नेपाल राष्ट्र बैंकको कुनै पनि धारणा बाहिर नआए पछि बजारमा यसले केही प्रभाव पारेको हो।
 
बजारमा एउटा समुह अहिले पनि पूँजीगत लाभकर देखि डराइरहेको शेयर बजारका जानकार दिलिप मुनकर्मीले बताए। बजार घट्दै गर्दा जो पूँजीगत लाभकरदेखि डराएका छैनन् उनीहरुले दोस्रो बजारबाट शेयर खरिद गरिरहेको उनको विश्लेषण छ।

असार महिना बैंक तथा वित्तीय संस्थामा ब्याज तिर्नुपर्ने महिना भएको हुँदा सप्लाइ बढ्ने र बजार घट्ने ट्रेण्ड भएपनि विगत लामो समयदेखि अस्वाभाविक रुपमा बजार घट्दा लगानीकर्ता आत्तिएको उनी बताउँछन्।
 
बजार अस्वाभाविक रुपमा घट्दै गर्दा अझै कतिसम्म घट्ने भन्ने अन्योल हुँदा लगानीकर्ता स्टकप्लसको लागि पनि बेच्न तयार भएको उनको विश्लेषण छ।
 

फाइनान्स इन्स्योरेन्स र उत्पादन तथा प्रसोधनको उपसूचक बढेका छन् भने अन्य उपसूचक भने घटेका छन्। मंगलबार सबै भन्दा धेरै फाइनान्सको उपसूचक ०.३५ प्रतिशतले बढेको छ भने सबै भन्दा धेरै होटलको उपसूचक ०.७८ प्रतिशतले घटेको छ।
 
मंगलबार १६० वटा कम्पनीको २९ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको दुर्इ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ भने उन्नती माइक्रोफाइनान्सको कारोबारमा सर्किट लागेको छ।
 
 कावेली विकास बैंकका शेयरधनीले सबै भन्दा धेरै ६.१२ प्रतिशतले गुमाएका छन्।