यो हो विश्वकै सबैभन्दा महँगो घर, ४१ अर्ब रुपैयाँको घरमा तीन हजार किताब

बिजमाण्डू
२०७५ जेठ २२ गते १३:५७ | Jun 5, 2018

विश्वको सबैभन्दा महँगो घर कस्तो होला? कति पर्ला?

Tata
GBIME
Nepal Life

दक्षिणी फ्रान्समा रहेको एउटा घरले विश्वकै सबैभन्दा महँगो घरको उपाधि पाएको छ। १८७ वर्ष पुरानो क्याप फेराटमा रहेको यो घरको मूल्य ४१ करोड अमेरिकी डलर राखिएको छ।

यो घरको पुस्तकालयमा ३ हजार वटा किताब राखिएका छन्। राजा लियोपोल्डले यो घर सन् १९०४ मा किनेका थिए।

१४ वटा बेडरुम भएको यो घर गत वर्ष इटालियन डिस्टिलर डेभिड क्याम्पारीले किनेका थिए र अहिले बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको मोलका कारण नै यो विश्वको सबैभन्दा महँगो घर हुन पुगेको हो।

फोटो : ब्लुमबर्ग