सिजीको टिभी किन्दा ३० प्रतिशत एक्स्ट्रा छुट पाइने योजना, ‘एक्स्ट्रा टाईमको गोलमै छ मज्जा’

बिजमाण्डू
२०७५ जेठ २४ गते १६:२४ | Jun 7, 2018

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले आउँदै गरेको विश्वकप फुटबल प्रतियोगितालाई मध्य नजर गरदै, सिजीका एलईडी टिभीहरुमा ‘एक्स्ट्रा टाईमको गोल मै छ मज्जा’ नामक योजना ल्याउँदै ३० प्रतिशत एक्स्ट्रा छुट दिने भएको छ।

Tata
GBIME
Nepal Life

आज देखि सिमित अवधिका लागि नेपालभरी लागू गरिएको उक्त योजनाहरुमा सिजीका २० इन्च देखि ४३ इन्च सम्मको कुनैपनि नर्मल तथा स्मार्ट टिभी खरिद गरेपछि एक्स्ट्रा ३० प्रतिशत सम्मको नगद छुट दिने योजना ल्याएको कम्पनीले जनाएको छ।

३० प्रतिशत छुटसँगै नेपालमै पहिलो पटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेण्टी प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ। त्यसैगरि ४३ इन्चभन्दा माथिको टिभीहरुमा सिजीकै मल्टीमिडिया स्पिकर र ३ वर्ष वारेण्टी पाइने छ।

सिजीका टिभीहरु खरिद गर्ने मध्ये बाट प्रप्तेक हप्ता भाग्यसाली एक जनाले सिजीकै अर्को एलईडी टिभी प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ।
साथ साथै सिजीको अर्को अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिएर दैनिक आकर्षक उपहारहरु पनि प्राप्त गर्ने कम्पनीले जारि गरेको विज्ञप्तीमा उल्लेख छ।