सिभिल बैंक ब्याज बृद्धिमा आक्रामक, मुद्दतिको ब्याज १२.२२ प्रतिशत, बचत खाताको १० प्रतिशत

बिजमाण्डू
२०७५ जेठ २८ गते १७:४१ | Jun 11, 2018
सिभिल बैंक ब्याज बृद्धिमा आक्रामक, मुद्दतिको ब्याज १२.२२ प्रतिशत, बचत खाताको १० प्रतिशत


काठमाडौं। सिभिल बैंकले १० प्रतिशत ब्याजको चन्द्रसूर्य बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकर्स संघले ब्याज दरको पुरानो सहमति खारेज गरेपछि सिभिले बचतको ब्याज बढाएको हो।
 
संघले मुद्दति निक्षेपमा ११ र बचतमा ८ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति कार्यान्वयनमा ल्याएको थियो। आइतबारबाट सहमति खारेज गरिएको थियो
 
खारेजी लगत्तै बैंकले बचतको ब्याज दर २ प्रतिशत बिन्दुले बढाएको हो। बैंकको नयाँ खाता खोल्नका लागि न्युनतम १० हजार रुपैयाँ चाहिन्छ।
 
खाता खोल्नेलाई बैंकले निशुल्क रुपमा इन्टरनेट बैंकिङ, एटिएम कार्ड, चेकबुक, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ र लकरको बार्षिक शुल्कमा सत प्रतिशत छुट दिने छ।
 
खाता खोल्नेले पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि पाउने छन्। 
 
बैंकले २२२ दिने मुद्दति खाता पनि सञ्चालनमा ल्याएको छ। खाता खोल्नेले १२.२२ प्रतिशत ब्याज पाउने छन्। खाता खोल्नका लागि तीन लाख रुपैयाँ मौज्दात चाहिन्छ। 

Tata
GBIME
Nepal Life