काठमाडौं। एनआइसी एशिया बैंकले बेदकोट नगरपालिका वडा नं ५ दैजी कञ्चनपुर र सम्सी गाँउपालिका वडा नं ६ महोत्तरीमा शाखा विस्तार गरेको छ।
बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले बेदकोट शाखा र सम्सी गाँउपालिकाका अध्यक्ष मोहम्मद शेख फारुकले सम्सी शाखाको उद्घाटन गरेका छन्।
नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संख्या २२४ पुगेको छ। यसका साथै बैंकले २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर तथा ९ वटा शाखारहित बैंकिङ्गमार्फत वित्तीय कारोबार गर्दै आएको छ।
बैंकको कुल कर्जा करिब ११८ अर्ब र कुल निक्षेप करिब १४१ अर्ब पुगेको जनाइएको छ।