श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराजमा नियमित उडान गर्ने, भाडा चार हजार रुपैयाँ

बिजमाण्डू
२०७५ असार १ गते १२:३९ | Jun 15, 2018
श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराजमा नियमित उडान गर्ने, भाडा चार हजार रुपैयाँ


Tata
GBIME
Nepal Life

काठमाडौं।श्री एयरलाइन्सले असार १० गतेदेखि राजविराज विमानस्थलमा नियमित उडान गर्ने भएको छ।कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराजमा साप्ताहिक पाँच वटा उडान हुनेछ।

२५ मिनेटको समयाअवधि रहने यो फ्लाइटको सस्तो भाडादर चार हजार रुपैयाँ तोकिएको छ।उनले मंगलबार र शनिबार कम यात्रु हुने भएकाले उडान नगर्ने बताए।मानन्धरका अनुसार दिउँसो सवा १ बजे राजविराज उडान हुनेछ।नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार उडानका लागि आवश्यक पर्ने पूर्वाधार र कर्मचारी परिचालन गरिसक्ने बताए।

पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० जहाजले काठमाडौंदेखि राजविराज उडान भर्ने छ।  राजविराज विमानस्थलबाट पशुपति दर्शन तथा काठमाडौं जाने स्वदेशी तथा भारतीय तिर्थयात्रुलाई समेत सहज हुनेछ। 

तीस करोड तीस लाख रुपैयाँको लागतमा राजविराज विमानस्थल तयार पारिएको क्यानले जनाएको छ। प्राधिकरणका अनुसार विमानस्थलको टर्मिनल भवन र टावर निर्माण आउँदो आर्थिक वर्षको बजेट निर्धारण भएपछि  गरिने छ। राजबिराज विमानस्थल तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गरेका थिए। यस अघि विमानस्थलमा कहिलेकाँही १९ सिटे ट्विनअटर जहाजले उडान भर्ने गरेको थियो।