भन्सार बढेपछि व्यवसायीले चिनी आयात रोके, पाँच महिनामा २ लाख टन चिनी भित्रियो

बिजमाण्डू
२०७५ असार ३ गते १०:१० | Jun 17, 2018
भन्सार बढेपछि व्यवसायीले चिनी आयात रोके, पाँच महिनामा २ लाख टन चिनी भित्रियो

Tata
GBIME
Nepal Life

वीरगंज।सरकारले भन्सार बढाएपछि विदेशबाट चिनी आयात बन्द भएको छ।अन्तर्राष्ट्रिय बजारमा चिनीको उत्पादन बढेपछि मूल्य घटेको मौका छोप्दै व्यवसायीले ठूलो मात्रामा चिनी आयात गरेका थिए।

अधिकांश व्यवसायीले पाकिस्तानबाट चिनी आयात गरेका थिए।सरकारले चिनीको भन्सार दोब्बर बनाएर ३० प्रतिशत पुर्याएपछि व्यवसायीले आयात रोकेका हुन्।‘जेठ १५ भन्दा पहिला एलसी खोलेर मगाइएको चिनी केही मात्रामा आइरहेकाछन्,’वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादवले भने,‘बजेट भाषणपछि चिनीआयात ठप्प छ ।’

उखु पेल्ने सिजन शुरु भएसँगै पुस र  माघदेखि नै नेपालमा विदेशबाट चिनी आयातशुरु गरिएको थियो ।व्यवसायीले पाकिस्तानबाट प्रति टन ३४०–३६० अमेरिकी डलरको दरमा चिनी आयात गरेका थिए। यस वर्ष पुस देखि जेठ १५ अगाडि करिब २ लाख टन चिनी भित्रिएको अनुमान छ। सर्लाहीमा सञ्चालित इन्दुशंकर चिनी उद्योगकासञ्चालक राजेश केडियाले सरकारको गलत नीतिका कारण स्वदेशी उद्योग मर्कामा पर्नुको साथै ठुलो घाटा बेहोर्नु पर्ने अवस्था आएको बताए ।

उनले यसवर्ष मात्रै नेपालका १२ वटा उद्योगले करिब डेढ अर्बको घाटा व्योहोर्नुपर्ने अवस्था आएको बताए। नेपालमा अढाई लाख टन चिनी बर्षेनी चिनी खपत हुनेमा पाँच महिनामाकरिब २ लाख टन चिनी नेपाल भित्रिएको छ ।सबै भन्दा बढि सुक्खा बन्दरगाह वीरगंज नाकाबाट चिनी भित्रिएको उनले बताए ।

सिर्सिया सुक्खा बन्दरगाह रवीरगंज भन्सारबाट करिब १ लाख टन,विराटनगर नाकाबाट ८० हजार टन र बाँकी भैरहवा र नेपालगंजबाट ४० हजार टन गरी कुल २ लाख २० हजार टन चिनीभित्रिएको केडियाले बताए । नेपालमा सञ्चालित इस्टर्न सुगर मिल्स सुनसरी,हिमालयनसुगर सिरहा,एभरेस्ट सुगर महोत्तरी,इन्दुशंकर चिनी उद्योग सर्लाही,अन्नपूर्ण सुगर सर्लाही,श्रीराम सुगर मिल्स रौतहट,रिलायन्स सुगर बारा,बाग्मती सुगर नवलपरासी,महाकाली सुगर र भागेश्वरी सुगर कञ्चनपुर गरी१२ वटा उद्योग सञ्चालनमा छन् ।