नेपालको ध्वजावाहक एनएसीले किन चीनमा उडान गर्न पाएन? दुर्इ वर्षदेखि चीनले कुनै जवाफ दिएन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार ३ गते १६:५४ | Jun 17, 2018
नेपालको ध्वजावाहक एनएसीले किन चीनमा उडान गर्न पाएन? दुर्इ वर्षदेखि चीनले कुनै जवाफ दिएन

Tata
GBIME
Nepal Life

काठमाडौं।चीनबाट विभिन्न हवार्इ सेवा कम्पनीले नेपालमा सीधा उडान गरिरहेका छन्।

चीन-काठमाडौं दैनिक सात वटा उडान भइरहेका छन्।चीनबाट दैनिक एयर चाइनाको दुर्इ,चाइना साउर्थन दुर्इ,चाइना इस्टर्नको दुर्इ र सिचुवानको एक फ्लाइट भइरहेको छ।नेपाल-चीन हवार्इ सेवा सम्झौंता अनुसार साप्ताहिक ७० वटा उडान गर्न पाउने प्रावधान छ।तर चीनको हवार्इ कम्पनीलेमा मात्रै नेपालमा उडान भरिरहेका छन्।

चीनबाट उडान भर्ने कम्पनीले मनग्ये कमार्इ रहेका छन्।चीनबाट आउने पर्यटक र नेपालबाट विभिन्न व्यापारका लागि चीन जाने यात्रुका कारण उनीहरु मालामाल छन्।चिनियाँ कम्पनीले एकाधिकार कायम गर्दै उडान गरिरहेको छ।उनीहरुको एकाधिकारका कारण हवार्इ भाडा समेत अत्याधिक महँगो छ।
तर नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सले भने उडानका लागि दुर्इ वर्ष अघि गरेको प्रस्तावमाथि चीनले कुनै जवाफ दिएको छैन।चीनले आफ्नो हवार्इ कम्पनीको हिस्सा घट्ने डरले एनएसीलार्इ उडान अनुमति दिएको छैन।

‘चीनको हवार्इ उड्ययन प्राधिकरणले हामीसँग विभिन्न डकुमेन्ट मागिरहेको छ।हामीले आवश्यक कागजात सबै पेश गरिसकेका छौं।तर चीनले उडानका लागि अनुमति दिएको छैन’निगमका एक अधिकारीले भने,उनीहरुको इन्ट्रेस्ट जुनसुकै हालतमा आफ्नो कम्पनीको मुनाफा कायम राख्ने देखिएको छ।चीनले व्यवसायवाहेक अरु कुनै स्वार्थ राख्दैन भन्ने यो बलियो प्रमाण हो।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा समेत यो मुद्दाले प्राथमिकता पाएको छैन।अझ प्रधानमन्त्री ओली आफू निकटको व्यवसायीको लगानी रहेको हिमालय एयरलाइन्समार्फत चीन भ्रमण गर्दैछन्।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एनएसीको जहाज प्रयोग गरेको भए उडान अनुमतिका लागि चीनलार्इ दबाब पर्थ्यो।‘हाम्रो अपेक्षा पनि प्रधानमन्त्री नेपालको ध्वजावाहक हवार्इ जहाज चढेर गइदिनुस भन्ने थियो।तर उहाँले निजी विमान कम्पनीप्रति रुची देखाउनुभएकोले हाम्रो इच्छा पूरा भएन।हाम्रो विमानमार्फत प्रधानमन्त्री जानुभएको भए चीनलार्इ उडान अनुमति दिन दबाब पर्थ्यो’ती अधिकारीले भने।

एनएसीले चीन उडानका लागि चासो राख्नुमा व्यवसायिक कारणसँगै आफ्नो उपस्थिती जनाउनु पनि हो।‘हामीसँग रहेका दुर्इ छिमेकीसँग एनएसीले उडान गर्नुपर्छ भन्ने मान्यतामा हामी छौं।यो रुट राम्रो मुनाफाको क्षेत्र पनि हो’ती अधिकारीले भने,त्यो वाहेक धेरै नेपाली व्यापारको सिलसिलामा जाने भएकाले राष्ट्रिय ध्वजावाहकको उपस्थिती रहोस् भन्ने हाम्रो मान्यता हो।‘

किन हिमालय एयरलाइन्स?
प्रधानमन्त्री ओली दोस्रो पटक चीन जाँदा पनि हिमालय एयरलाइन्समार्फतनै जाँदैछन्।पहिलो पटक चीन भ्रमणमा जाँदा प्रुभिङ फ्लाइट नहुँदै ओली हिमालयमा गएका थिए।

हिमालयमा नेपालीका तर्फबाट आङछिरिङ शेर्पाको लगानी छ।शेर्पा यति एयरलाइन्सका समेत संचालक हुन्।हिमालयमा तिब्बेतियन एयरको ४९ प्रतिशत लगानी छ।जुन देशको क्यारिअर हो त्यो मुलुकको कम्पनीको शेयर ५१ प्रतिशत भन्दा बढी रहनुपर्ने प्रावधान छ।

यही प्रावधानका कारण शेर्पाका नाममा कागजी रुपमा ५१ प्रतिशत शेयर छ।तर वास्तविक रुपमा शेर्पाको २५ प्रतिशत मात्रै शेयर रहेको स्रोतले बतायो।चीनकै लगानी भएपनि हिमालयले चीनमा उडान भर्न पाएको छैन।