किमले किन रोजे अमेरिकामा बनेको पुरानो एयर चाइनाको विमान? २३ वर्ष पुरानो जहाजमा छन् यस्ता सुविधा

बिजमाण्डू
२०७५ असार ४ गते १३:३६ | Jun 18, 2018
किमले किन रोजे अमेरिकामा बनेको पुरानो एयर चाइनाको विमान? २३ वर्ष पुरानो जहाजमा छन् यस्ता सुविधा


                                                                           तस्विर:एएफपी
उत्तर कोरियाली नेता किम जोङ उनले गत आइतवार पोयङयाङबाट सिंगापुरको हवाइ यात्रा गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनमा भेट्न जाँदा एयर चाइनाको पुरानो विमान प्रयोग गरेर सिंगापुर उत्रिए।

Tata
GBIME
Nepal Life

यसअघि उनका बुबा र हजुरबुबालार्इ हवाइजहाजमा यात्रा गर्दैनथे। सन् २०११ पछि उत्तर कोरियाको नेतृत्वमा आएका उनी पहिलो पटक ४७०० किलोमिटरको लामो हवाइ यात्रा गरे। प्योङयाङबाट दक्षिणपूर्वी एसियाली शहर सिंगापुर यात्रामा उनी निश्चिन्त थिए। सुरक्षाको कुनै खतरा महसुस गरेनन्।

चीनको सरकारी स्वामित्व समेत रहेको विमानबाट बेइजिङले किमलार्इ ट्रम्पसँगको वार्ताका लागी लग्न कुनै संकोच मानेन। कोरियाली प्रायद्वीपबाट अमेरिकाको फिर्ती र शान्तिका लागि चीनले महत्त्वपूर्ण कदम चालेको हो।

किम सोही विमानको प्रयोग गर्दै मंगलबार नै स्वदेश फर्किए।

प्योङयाङसँग लामो दुरीको यात्रा गर्नका लागि अत्याधुनिक विमान छैन। ट्रम्पले किमलार्इ भविष्यमा ह्वाइट हाउसको पाउन बनेर अमेरिका आउन निम्तो दिने बताएका छन्। यस्तोमा बेइजिङले किमको यात्राका लागि पुन: सहयोग गर्न सक्छ।

चिनियाँ समाचारपत्रहरूले पनि बेइजिङको लजिस्टिक समर्थनले उत्तर कोरिया र अमेरिकाबिचको सम्बन्ध सुधार गर्न सहयोग गरेको उल्लेख गरेका छन्।

अमेरिकामा बनेको थियो किम चढेको विमान

उत्तर कोरियाली नेता किम भन्दा पहिले, बोइङ ७४७-४०० जम्बो जेटबाट चिनियाँ राष्ट्रपति जियांग जेमिन, हु जुन्ताओ देखि सि जिङपिङका साथै प्रधानमन्त्री छु रोनजी, वेन जियाबाओ र ली खछ्याङले समेत यो विमानबाट लामो यात्रा गरेका छन्। चीनको 'एयर फोर्स वान'को रुपमा चिनिने यही विमानले चीनबाट विदेशका राजकीय पाहुना बोक्ने गर्थ्यो।

यो विमान बोइङको एवरेट प्लान्टमा १९९५ मा बनाइएको थियो। बी-२४४७ को रूपमा दर्ता गरिएको यो विमानले बेइजिङबाट, सांघाई, गुआंगजाओ, शेन्जेन र हङकङ जस्ता प्रमुख क्षेत्रमा व्यावसायिक उडानहरूको लागि पनि प्रयोग गरिएको थियो।

सिन्ह्वाले चीनको विदेश मन्त्रालयका प्रोटोकल विभागका पूर्व प्रमुख लु पेक्सइनलार्इ उद्धत गर्दै २०१३ मा चीनसँग प्रमुख नेताहरूको 'आर्थिक उपार्जनको उद्देश्यका'   लागि कुनै छुट्टै विमान नभएको दाबी गरेको थियो। 

बोइङ ७४७ को दैनिक मर्मतका लागि अझै ४० हजार अमेरिकी डलर पर्दछ। उडान नगर्ने विमानहरूमा प्रायः   मेकानिकल खराबीहरूमा आउन सक्छ।

तर राजनेताहरुका लागि एयर ट्राफिकसँग सम्बद्ध हुन, प्लस क्याबिनहरू वा राज्यको अत्याधुनिक उपकरणहरूको आशा नगरे नि हुन्छ। चिनियाँ एभिएसन वफ्सले विमानको फोरममा उल्लेख गरेको अनुसार विमान पुरानो देखाएको छ, न्यु-फ्रिलिन्ड इकोनोमी क्लास र बनोट नयाँ विमानहरूमा देखिदैन।

किमको साथमा आएकाहरुका लागि व्यक्तिगत सिटहरूको अघि महँगा स्क्रिनहरु नहुन सक्छन्। आधुनिक विमानहरूमा सामान्यतय व्यक्तिगत रुपमा मनोरञ्जनका लागि प्रयोग हुने यन्त्रहरु, म्युजिक वा मूभी अन डिमाण्ड उनीहरूको सीटमा नहुन सक्छन्।  किनभने त्यो विमानमा  केही संख्यामा टिभी स्क्रिनहरू  मात्र छन्।

विमान २३ वर्ष पुरानो

२३ वर्ष पुरानो विमान आफ्नो सेवाकालको अन्तिम चरणमा छ र चिनियाँ ध्वजावाहकहरु नयाँ विमानहरूसँग फैलिरहेका छन्। चिनियाँ नेताहरू  आरामदायी  शैलीमा  भ्रमणका लागि  सन् २००० मा बनाइएका नयाँ बोइङ ७४७, बी – २४७२  हरूमा छान्दैछन्।

एयर चाइनाले आफ्नो व्यावसायिक महत्त्वका लागि नयाँ बोइङ ७४७-८ आइ (बी -२४७९)  लाई सूचीबाट हटाएको छ।  र सैन्य र गुप्त सेवाले सि जिङपिङ र भावी नेताहरुका लागि  यो विमानलार्इ चीनको पहिलो राजकिय विमानका नाताले वर्षौदेखी छुट्टै हेर्दै आएको छ।