आइएमई र आइएमई पेको वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक, विजेताले बैंकक घुम्ने अवसर पाउने

बिजमाण्डू
२०७५ असार ४ गते १८:११ | Jun 18, 2018
आइएमई र आइएमई पेको वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक, विजेताले बैंकक घुम्ने अवसर पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लिमिटेड र आइएमई पेले आइएमई वर्ल्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन्। विश्वकप फुटबलको २१औँ संस्करणअन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुन सकन् कम्पनीले जनाएको छ। 
 

आइएमई लिमिटेड तथा आइएमई पेका आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ।
 
सहभागीहरुले वेभ पेजमा रहेको एपमा लगइन गर्दै एक हजार प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन्। पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिने कम्पनीले जनाएको छ। 
 
सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ। खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने जनाइएको छ। थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनका लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिने कम्पनीको भनाइ छ।
 
प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ। अधिक सङ्ख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’अन्तर्गत एकजोडीलाई ४ रात ५ दिनलामो बैंङ्कक भ्रमणको अवसर मिलाइने कम्पनीको भनाइ छ। 
 
यस्तै प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनेछन्। यसरी छनोटमा पर्ने सेवाग्राहीले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नेछन्।