सेञ्चुरी बैंकको सुनसरी, मोरङ र झापामा शाखा बिस्तार, चारवटा नयाँ शाखाबाट कारोबार सुरु

बिजमाण्डू
२०७५ असार ५ गते १४:५९ | Jun 19, 2018


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले पूर्वी नेपालका तीन जिल्लामा चारवटा शाखा बिस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले सुनसरी जिल्लाको चतरा र झुम्का, मोरङ्ग जिल्लाको रङ्गेली र झापा जिल्लाको चन्द्रगढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको जनाएको छ ।

 चारवटै शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेको बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

बैंकका अनुसार उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिती थियो ।