९ अंकले घटेको शेयर बजारमा नेपाल बैंकको बढी कारोबार, लगानीकर्ता किन भए निराश

बिजमाण्डू
२०७५ असार ५ गते १५:४१ | Jun 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक ८.९७ अंकले घटेर १२२६.१८ अंकमा ओर्लिएको हो। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७१ अंकले घटेर २५७.४२ अंकमा ओर्लिएको छ।

नेप्सेले निर्माण गरिरहेको स्वचालित अनलाइन प्रणाली तोकिएको समयमा नआउने खवर सार्वजनिक भएसंगै लगानीकर्ताको मनोबल खस्किँदा बजार घटेको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले वताए।

मंगलबार कारोवारको सुरुमा बजार सामान्य देखिएको थियो। कारोवारको सुरुवाती पहिलो २० मिनेट एक अंकले बढेको बजार त्यसपछि भने घट्न थालेको थियो। एक बजेसम्म १२२६ अंक सम्म ओर्लिएको बजार त्यसपछि केहि समय सम्हालिएपनि पौने दुईबजेपछि पून घटेर बन्द भएको हो।

मंगलबार १५७ कम्पनीका पाँच लाख ८७ ‍हजार कित्ता शेयर २० करोड ८४ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल बैंकको दुई करोड ६७ लाख रुपैयाँ बराबरको कारोवार भयो। 

मंगलबार कारोवारमा आएका नौ समुहको सूचक घटेका छन्। बैंक ५.८६, होटल ८.५ विकास बैंक १४.४८, जलविद्युत २.६२, फाइनान्स ३.१२, बीमा ९३.९, उत्पादनमुलक १९.१२, अन्य ३.४६  र लघुवित्त १४.२९ अंकले घटेका छन्।

मंगलबार सबैभन्दा बढी समता माइक्रोफाइनान्सका शेयरधनीले करिव १० प्रतिशत कमाए भने राधी विद्युत कम्पनीका शेयरधनीले करिव पाँच प्रतिशत गुमाए।