हिमालय एयरलाइन्सले भन्यो- ‘प्रधानमन्त्रीले हाम्रो जहाज प्रयोग गर्नुभएकोमा गौरवान्वित छौं’

बिजमाण्डू
२०७५ असार ५ गते १६:५३ | Jun 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।हिमालय एयरलाइन्सले प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणमा आफ्नो जहाज प्रयोग भएकोमा गौरवान्वित भएको जनाएको छ।

‘हिमालय एयरलाइन्सले पुन एक पटक सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओलीलार्इ चीनको औपचारिक भ्रमणमा लिएर उड्न पाउँदा खुशी र गौरवान्वित भएका छौं।नेपाल सरकारले हाम्रो सेवा विस्तारमा गरेको सहयोगमा हामी कृतज्ञ छौं’कम्पनीका प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठले भनेका छन्।कम्पनीले प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा अध्यक्ष आङछिरिङ शेर्पा र कम्पनीका प्रमुख कप्तान झाउग्वो छ्याङ् समेत छन्।

प्रधानमन्त्री ओली पहिलो पटक चीन भ्रमणमा जाँदा प्रुभिङ फ्लाइट नहुँदै ओली हिमालयमा गएका थिए।हिमालयमा नेपालीका तर्फबाट आङछिरिङ शेर्पाको लगानी छ।शेर्पा यति एयरलाइन्सका समेत संचालक हुन्।हिमालयमा तिब्बेतियन एयरको ४९ प्रतिशत लगानी छ।जुन देशको क्यारिअर हो त्यो मुलुकको कम्पनीको शेयर ५१ प्रतिशत भन्दा बढी रहनुपर्ने प्रावधान छ।

यही प्रावधानका कारण शेर्पाका नाममा कागजी रुपमा ५१ प्रतिशत शेयर छ।तर वास्तविक रुपमा शेर्पाको २५ प्रतिशत मात्रै शेयर रहेको स्रोतले बतायो।चीनकै लगानी भएपनि हिमालयले चीनमा उडान भर्न पाएको छैन।