अनलाइन प्रणाली छिटो ल्याउन लगानीकर्ताले दवाव दिने, नेप्सेलाई भने-‘हामीलाई नअल्मल्याउ’

बिजमाण्डू
२०७५ असार ५ गते १७:०० | Jun 19, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली तोकिएको समयमा नल्याएमा दवाव दिने भएका छन्।

नेप्सेले यस भन्दा अगाडि ढिलामा पनि जेठदेखि अनलाइन प्राणाली सुरु हुने भनेको थियो। त्यसपछि पनि साउनदेखि अनलाइन प्रणाली र पुरानै प्रणाली एकै साथ प्रयोग गर्ने जानकारी दिएको थियो।

तर अझै प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण अझै दशैँ कुर्नुपर्ने समाचार आएसँगै लगानीकर्ताहरुले सम्बन्धित निकायलार्इ औपचारिक रुपमा नेप्से तथा सम्बन्धित निकायमा दवाद दिने लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए।

प्रत्येक भेटमा साउनमा अनलाइन प्रणाली लागु हुने भन्ने तर संचारमाध्यममा दशैँ अगाडि मात्रै आउने समाचार आउँदा लगानीकर्ता अन्योलमा परेको भन्दै उनले सही मिति तोक्न नेप्सेलाई अनुरोध गरे।

'लगानीकर्तालार्इ अलमल्याउनु भएन। नेप्सेले पटक पटक मिति सार्ने गरेकोले यस अगाडि नै तोकिएको मितिमा अनलाइन प्रणाली ल्याउन दवाव दिन्छौ।’- उनले भने।

नेपाल सरकार, नियामक निकाय तथा सञ्चार माध्यमबाट फरक फरक कुराहरु आउदा शेयर बजारमा धेरै नै असर परेको हुँदा एक दुर्इ दिन भित्रै सबै क्षेत्रलार्इ एकै स्थानमा बोलाएर छलफल गर्ने योजना बनाएको पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले बताए।

कार्यान्वयन गर्नै नसक्ने विषयमा पनि सरकारी तथा नियनकारी निकायले शेयर बजार जस्तो अति संवेदनशिल क्षेत्रमा जस्ता पनि निर्णय गर्दा लगानीकर्ता मार परेको उनले बताए।

नेपाल स्टक एक्सचेन्ज विगत तीन वर्षदेखि पहल गरेपनि कहिले मुद्दाको कारण कहिले प्रशासनिक प्रक्रियाको कारण देखाउँदै पटक पटक मिति सारिरहेको छ।

अहिले तयार पारिरहेको सफ्टवेयरकालागि १४ महिना अगाडि नै जेठको पहिलो साता हस्तान्तरण गर्ने सम्झौता भएको भएपनि भर्खर ब्रोकर कार्यालयमा प्रारम्भिक परीक्षण सुरु भएको छ।

यससँगै अझै धेरै प्राविधिक कार्य गर्न बाँकी रहेको हुँदा लगानीकर्ताले  अनलाइन कारोबारकालागि कम्तिमा पनि दशैँ कुर्नु पर्ने देखिएको हो।