झापा, मोरङ र सुनसरीमा एकैपटक सेञ्चुरी बैंकले खोल्यो ४ शाखा, वित्तीय सेवा सहज हुने विश्वास

बिजमाण्डू
२०७५ असार ५ गते १८:२७ | Jun 19, 2018
झापा, मोरङ र सुनसरीमा एकैपटक सेञ्चुरी बैंकले खोल्यो ४ शाखा, वित्तीय सेवा सहज हुने विश्वास


Tata
GBIME
Nepal Life

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले चार स्थानमा शाखा विस्तार गरेको छ। 
 

बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गगेली र झापाको चन्द्रागढीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ।
 
नयाँ खुलेका शाखाको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उदघाटन गरेका छन्। 
 
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती रहेको बैंकले जनाएको छ।